६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

नेपथ्यले जापानमा कन्सर्ट गर्दै


0
Shares

काठमाडौं, १६ साउन । लोकरक ब्याण्ड नेपथ्यले जापानका विभिन्न स्थानमा कन्सर्ट गर्ने भएको छ । नेपथ्यले टोकियो, फुकुओका र ओसामा विभिन्न मितिमा कन्सर्ट गर्न लागेको हो । कन्सर्टका लागि १४ सदस्यीय नेपथ्यको टोली आगामी अगस्ट महिनाको पहिलो साता जापान जादैछन् ।

ब्याण्डले टोकियोस्थित तोयोसु पिटमा ८ अगस्ट, फुकुओकास्थित सिभिल हलमा १२ अगस्ट र ओसाकास्थित नाम्बा ह्याचमा १७ अगस्टमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । जापानमा नेपथ्य कन्सर्टका लागि टिकट बुकिङ खुला भइसकेको ब्याण्डको ट्राभल्स पाट्नर तपोभुमि टा«भल्स एण्ड टुर्सका सञ्चालक निमेश सिटौलाले जानकारी दिए । उनको अनुसार स्ट्याण्डर्ड टिकटलाई ७ हजार जापनिज ऐन,भिआइपी टिकेटको १० हजार जापानीज ऐन र भिभिआईपी ३० हजार जापानीज ऐन लाग्नेछ । उक्त प्रस्तुतीको अर्गनाइजर भने कलाश ग्रुप जापान रहेको छ ।

चर्चित गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

 

प्रतिक्रिया