४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

‘दमाई महाराज’ बन्दा प्रकाश सपूतमाथि सुरक्षा खतरा


0
Shares

काठमाडौं, १४ साउन । यतिबेला गायक प्रकाश सपूतको एउटा गीत चर्चामा छ । गीतको भिडियोमा उनी धार्मिक सप्ताहमा प्रवचन दिने गुरुको भूमिकामा छन् ।

निकै मार्मिक कथालाई गीतमाथि प्रस्तुत गरिएको छ । जसमा प्रकाश सपूतले सप्ताह पुराण लगाएपछि अन्तमा आफ्नो वास्तविकता खोल्छन् । उनी कुनै कर्मकाण्डी बाहुन नभई गहन अध्ययन गरी ब्राम्हण बनेका दलितका छोरा हुन्छन् ।

गीतले छूवाछूतको अन्तसँगै हिन्दु धर्मको संरक्षणको सन्देश पनि दिएको छ । यो गीतमार्फत् नेपाली समाजमा विद्यमान छूवाछूत र जातीय विभेद अन्तको सन्देश प्रवाह भएको छ तर धर्म संस्कृतिको संरक्षणसहित ।

विगतमा पण्डित नारायण पोखरेलले पनि यसरी नै पुराण भन्दै जातीय समानताको सन्देश दिएका थिए । उनले छूवाछूतरहित समाजको परिकल्पना गरेर अभियान नै चलाएका थिए । तर, पण्डित पोखरेलको हत्या भयो । उनको हत्या अझै रहस्यमय नै छ ।

हिन्दु धर्मको संरक्षण भई दलित समुदायमा धर्मान्तरण रोकिने देखेपछि उनको हत्या भएको बताइन्छ । प्रकाश सपूतले पनि धर्मान्तरण रोक्ने गरी जुन गीत ल्याएका छन् त्यसले उनीमाथि सुरक्षा थ्रेट बढेको छ । उनलाई विभिन्न माध्यमले भय देखाउनेहरु खुल्न थालेका छन् । तर, हिन्दु समाजमा उनको लोकप्रीयता बढेको छ ।

गीतमा दमाई महाराज बनेका प्रकाश सपूतलाई दलित विरोधी देखाउन खोजिएको छ । ब्राम्हण जन्मका आधारमा नभई कर्ममा हुन्छ भन्ने हिन्दु धर्मग्रन्थमा स्पष्ट उल्लेख छ ।

वेद व्यास कथित तल्लो जातका थिए । विश्वामित्र पनि बाहुन जातका थिएनन् । उनीहरु गहन अध्ययनबाट ब्राम्हण बनेका थिए । यही सन्देश प्रकाश सपूतले दिएका छन् । यसले नेपाली हिन्दु समाजमा नयाँ तरंग नै आएको छ ।

प्रतिक्रिया