१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको तारोमा ओली, भ्रष्टाचारी र तस्करीविरुद्ध आक्रामक बन्ने उद्घोष


0
Shares

काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तारो बनाएको खुल्दै गएको छ । उनले पछिल्लो समय ओलीको अभिव्यक्तिप्रति आफूलाई आक्रामक रुपमा प्रस्तुत गरेका छन् ।

प्रचण्डले आज राजधानीमा समाजवादी मोर्चा घोषणाको कार्यक्रममा बोल्दै भ्रष्टाचारी र तस्करीविरुद्ध आक्रामक बन्ने उद्घोष गरेका हुन् । उनले भ्रष्टाचार र तस्करीविरुद्ध कठोर कदम चाल्दा नेपाली जनताको भरपूर साथ पाएको समेत बताए ।

प्रचण्डले भने, ‘भ्रष्टाचार वा तस्करीका विरुद्ध जेहाद छेडिदैछ । यो कदम यही रोकिदैन ।’ उनले भ्रष्टाचार विरोधी अभियानलाई लडाईंको संज्ञा दिए ।

भ्रष्टाचार र ठूला अपराधमा प्रचण्ड सरकारले पूर्वमन्त्रीलगायत उच्चपदस्य कर्मचारीलाई धमाधम पक्राउ गररहँदा प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको हो । पछिल्लो समय एक सय केजी सुन तस्करीका क्रममा बरामद हुँदा विपक्षी नेकपा एमालेले सरकारका मन्त्रीहरुमाथि संलग्नताको आरोप लगाइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधिलाई राजनीतिक स्टण्ट भनिरहेका छन् ।

प्रचण्डले आफ्नो कदम कुनै हालतमा राजनीतिक स्टण्ट नभई भ्रष्टाचारविरुद्धको ब्याटल भने । उनले भने, ‘आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको ब्याटल जितिन्छ ।’

नेपालमा प्रचण्ड सरकारले जग्गा प्रकरणमा अरबौंको घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरणमा दशौं करोड ठगी, सुन तस्करीलगायतका घटनाको अनुसन्धान बढाएको छ । यो कदमले राजनीतिक तरंग नै ल्याएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया