१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गोली, कालोधन देखि पासपोर्टकाण्डका ल्यारक्याललाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउन खोजेपछि तरंग


0
Shares

काठमाडौं, १४ साउन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद व्यक्ति ल्यारक्याल लामालाई नियुक्त गर्न खोजिएपछि राजनीतिक वृत्तमा तरंग आएको छ । लामा गोलीकाण्ड, पासपोर्टकाण्ड देखि कालोधनमा मुछिएर अख्तियारले डामेका व्यक्ति हुन् जसको नागरिकता समेत विवादमा छ ।

मोटो रकम बुझाएर विगतमा सांसद बनेका ल्यारक्यालमाथि सार्वजनिक पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप समेत लागेको थियो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७३ साल वैशाख ३० गते मुद्या दायर गरेको थियो । तर, २०७३ साल कात्तिक ३० मासफाइ पाएका थिए ।

लामाको ३० करोडको सम्पत्तिमा २० करोडको मात्रै स्रोत खुलेको थियो । बाँकी सम्पत्ति अवैध देखिएको थियो । त्यतिबेला सांसद रहेका ल्यारक्याल निलम्बनमा परेका थिए ।
अख्तियारले २०७२ सालमा ल्यारक्यालमाथि अनुसन्धान गर्दा दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकमा रहेको ४१४ नम्बरको लकर पनि सिज गरिएको थियो । सोही वर्षको ३० फागुनमा अख्तियारको टोलीले लकर खोल्दा सुनचाँदी मात्र भेटेन चाइनिज पेस्तोलमा लाग्ने १४ थान गोली समेत भेटेको थियो ।

शक्तिको दुरुपयोग गर्दै अवैध गोली भेटिएपनि ल्यारक्याल उम्कन सफल भएका थिए । उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा धरौटीमा छुटेका थिए ।

ल्यारक्याल काँग्रेस, एमाले हुँदै माओवादी बने । झलनाथ खनाल प्रधानमन्त्री हुँदा अर्थराज्यमन्त्री बनाइयो । यो घटनाले खनाल पनि विवादमा परे । उनको सरकार ७ महिना मात्र टिक्यो ।

ल्यारक्यालको नागरिकता पनि विवादमा पर्यो । उनले फरक फरक नाममा २ वटा नागरिकता लिएको खुल्यो ।

नक्कली राहदानी बनाएको पनि खुल्यो । भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र समेत लिएको खुल्यो । ११२१५८८ नम्बरको नेपाली र २१२९८१२ नम्बरको भारतीय पासमोर्ट ल्यारक्यालसँग रहेको छ । नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे र भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ रहेको खुल्यो । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नाम छिमे छिरिङ छ ।

विवादै विवादको घेरामा परेका ल्यारक्याल लुम्बिनी विकास कोषको अध्यक्ष बन्न खोज्नुभित्र पनि ठूलै उद्देश्य लुकेको छ । लुम्बिनी शक्तिराष्ट्रहरुको चासोमा परिरहँदा उनले त्यसबाट भरपूर फाइदा लिन खोजेका छन् । आफूलाई भीक्षु भन्ने तर व्यापारिक पृष्ठभूमिका ल्यारक्याललाई नियुक्त गर्दा सरकार नै विवादमा पर्ने भन्दै प्रचण्डलाई बालुवाटारमा पुगेर केही माओवादी नेताहरुले सुझाव नै दिइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि दबाबमा छन् यतिबेला । तर, ल्यारक्याललाई ज जस्ले बढाउन खोजे ती आफै धक्का खाएको इतिहास साक्षी छ ।

झलनाथ खनालले ल्यारक्याललाई अर्थ राज्यमन्त्री नै बनाएका थिए । त्यसपछि उनी प्रधानमन्त्रीबाट हटेपछि सदाका लागि राजनीतिमा पछि परे । विगतमा ल्यारक्याललाई माओवादीको सांसद बनाउनेहरु पनि ठूलै धक्का खान पुगे ।

लुम्बिनी विकास कोषमा हरेक वर्ष एक अर्बभन्दा बढीको बजेट विनियोजन हुने गरेको छ । गतवर्ष १ अर्ब १० करोड विनियोजन गरिएको थियो । यसवर्ष ४५ करोड छुट्याइएको छ । तर, विदेशी सहयोगको बाढी आउने भएकाले कोषमा उपाध्यक्ष बन्न मरिहत्ते गर्नेहरु देखिएका छन् । त्यसमाथि कोषले विभिन्न नाममा शुल्क लिने गर्दा रकम धेरै जोहो हुनेगर्छ । त्यसैले राज्यमन्त्री भइसकेका ल्यारक्यालले पनि आँखा गाडेका छन् ।

रोचक त यो छ कि उनले जब जब राजा महाराजा नेताहरु लुम्बिनी विकास कोषमा संलग्न रहेमा पिपलको बोट र अशोक स्तम्भ नै बेचेर खाने डर भएको बताएका थिए ल्यारक्यालले । उनले यतिसम्मकी प्रचण्डले अशोक स्तम्भ बेचेर खाने डर भएको टिप्पणी गरेका थिए । माधव नेपाल र झलनाथ खनालप्रति पनि विश्वस्त नभएको बताएका थिए । उनै ल्यारक्याल अहिले प्रचण्डका प्रीय बन्नुलाई अर्थपूर्ण मानिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया