पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं, १४ साउन । आज बिहान पहिरो जाँदा बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
सो राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आज बिहान ५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी भइरहेको छ । अझै यातायात सुचारु गर्न समय लाग्ने बताइएको छ । सो राजमार्गमा बिहान ५ बजेतिर पहिरो खसेको थियो ।