३१ भाद्र २०८१, सोमबार | September 17, 2024

विष्णु भगवानले सबैको रक्षा गरुन


0
Shares

काठमाडौं, १४ साउन । ३० साउन २०२३, आइतबार । श्रावण आदिक शुक्ल पक्षको द्वादशी तिथि बिहान १०ः३४ बजेसम्म रहने र त्यसपछि त्रयोदशी तिथी प्रारम्भ हुने पञ्चाङमा उल्लेख छ ।

मेष राशि
आज तपाईले धेरै खुशी महसुस गर्नुहुनेछ। मन अध्यात्मतर्फ आकर्षित हुनेछ। आज नयाँ करियर रोज्न सकिनेछ । नोकरी आदिमा अधिकारी वर्गको सहयोग रहनेछ। आज कार्यक्षेत्रमा ठूलो सफलता हात पार्न सकिनेछ । परिवारमा वातावरण राम्रो रहनेछ। सासुरवासीबाट ठूलो सहयोग मिल्नेछ ।

वृष राशि
आज तपाईको मन अलिकति अशान्त रहनेछ। नजिकको व्यक्तिको कारणले मन दुखी हुन सक्छ। कुनै नयाँ कामको थालनी गर्नु भएको छ भने यस समयमा साझेदारहरूसँग अलिकति सावधानी अपनाउनुहोला अन्यथा घाटा हुन सक्छ। आज कार्यस्थलमा परिवर्तन गर्नु तपाईको हितमा हुनेछैन। पारिवारिक वादविवादबाट टाढा रहनुहोस्।

मिथुन राशि
आज कुनै शुभ समाचार सुन्न सकिनेछ । कार्यक्षेत्रमा पदोन्नति प्राप्त गर्न सकिनेछ । तपाईको व्यवहारका कारण तपाईसँग सम्बन्धित क्षेत्रका मानिसहरूले तपाईको प्रशंसा गर्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। नयाँ गाडी आदि किन्न सकिनेछ। परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ।

कर्कट राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ । तपाईको श्रीमतीले तपाईलाई राम्रो समाचार दिन सक्छ । परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ, जसका कारण परिवारमा माहोल राम्रो रहनेछ। व्यापार–व्यवसायमा विगतमा गरेको लगानीले सफलता मिल्नेछ । आर्थिक अवस्था मजबुत रहनेछ । परिवारमा केही कारणले समस्या आउन सक्छ।

सिंह राशि
आज कसैको स्वास्थ्यको बारेमा चिन्तित हुन सक्छ। जसका कारण अस्पताल आदि जानु पर्ने हुन्छ । आज स्वास्थ्यमा सजग रहनुपर्नेछ । व्यापार–व्यवसायमा नयाँ प्रतिद्वन्द्वी तपाईका विरुद्धमा आउन सक्छ, जसका कारण तपाईले आफ्नो काममा केही ह्रास महसुस गर्नुहुनेछ। घरपरिवारबाट सहयोग मिल्नेछ । श्रीमतीसँगको सम्बन्ध मधुर रहनेछ ।

कन्या राशि
आज तपाई साथीहरूसँग भेट्न बाहिर कतै जान सक्नुहुन्छ । हुनसक्छ तपाईका साथीहरूसँग तपाईले कतै पनि भ्रमणको योजना बनाउन सक्नुहुन्छ। व्यापारमा ठूलो रकम हात पार्न सकिनेछ, जसका कारण आर्थिक रूपमा बलियो बन्नुहुनेछ। परिवारमा नजिकको व्यक्तिको दुखद खबर सुन्न पाइनेछ।

तुला राशि
आज अलिकति सचेत रहनु होला । कसैलाई सल्लाह दिन आज तपाईको लागि धेरै गाह्रो हुन सक्छ। त्यसैले यस्तो अवस्थाबाट बच्नुहोला । आज तपाई बाहिर कतै यात्रामा जान सक्नुहुन्छ। व्यापारमा ठूलो साझेदार मिल्नेछ, जसका कारण सोचेको काम पूरा हुनेछ। स्वास्थ्यमा केही ह्रास आउनेछ । घरपरिवारमा केही कुरामा मनमुटाव हुनसक्छ ।

वृश्चिक राशि
आज तपाईले कतै ठूलो लगानी गर्ने योजना बनाउन सक्नुहुन्छ। श्रीमती र सन्तानको सल्लाह लिएर आज आफ्नो लागि नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। परिवारमा स्वास्थ्य सम्बन्धी केही समस्या रहनेछ। व्यापारमा लाभको सम्भावना छ । पैतृक सम्पत्ति आदि सम्बन्धमा पारिवारिक विवादमा फस्न सक्छ ।

धनु राशि
आज सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला अन्यथा दुर्घटनाको सम्भावना रहन्छ । स्वास्थ्यमा ह्रास आउनेछ । मौसमी रोगको चपेटामा पर्न सक्छ। व्यापार–व्यवसायमा व्यक्तिलाई ठूलो रकम ऋण दिनाले समस्या सृजना हुन सक्छ । व्यापार–व्यवसायमा ह्रास आउनेछ । घरपरिवारमा आपसी कलहका कारण केही प्रतिकूल अवस्था आउन सक्छ।

मकर राशि
आजको दिन उतारचढावले भरिपूर्ण रहनेछ। तपाई आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुन सक्नुहुन्छ। मन अशान्त रहनेछ। पारिवारिक समस्याका कारण आज निर्णय लिन सकिनेछ। व्यापार–व्यवसायमा यो समय आर्थिक स्रोतमा ह्रास आउनुका कारण आर्थिक समस्या पर्न सक्छ । पत्नीको स्वास्थ्य राम्रो रहनेछ। विशेष कामको लागि बाहिरी यात्रामा जान सकिनेछ।

कुम्भ राशि
आज अधुरा कामहरु पुरा हुनाले तपाईको मन खुशीले भरिनेछ। आज चिनेका व्यक्तिलाई भेट्न सकिनेछ। कार्यक्षेत्रमा परिवर्तनका लागि आज ठूलो निर्णय लिन सकिनेछ, जुन भविष्यमा लाभदायी हुनेछ। परिवारमा चलिरहेको बहसको वातावरणमा परिवर्तन आउनेछ। परिवारका सदस्यहरूले तपाईंप्रति आफ्नो झुकाव बढाउन सक्छन्।

मीन राशि
आज तपाई कुनै काम गर्न धेरै उत्सुक देखिनु हुनेछ, जसका कारण तपाईको काम बिग्रन सक्छ। आज तपाईलाई आर्थिक हानि हुन सक्छ। व्यापार–व्यवसायमा सहकर्मीबाट आर्थिक सहयोग मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । आज परिवारमा चलिरहेको समस्याबाट राहत मिल्नेछ। श्रीमतीसँगको सम्बन्धमा सुधार आउनेछ ।

प्रतिक्रिया