५ माघ २०८१, शनिबार | January 18, 2025

कोशी प्रदेशमा मध्यावधी टार्न बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गराएर भएपनि उद्धव थापालाई मुख्यमन्त्री बनाइने


0
Shares

काठमाडौं, १३ साउन । कोशी प्रदेशमा कुनैपनि दलले बहुमत पुर्याउन नसके मध्यावधिको बाटोमा जानसक्छ । संविधान अनुसार कसैले बहुमत पुर्याउन नसके सबेभन्दा बढी सांसद रहेको दल नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्छन् । तर, उनले पनि संसदबाट विश्वासको मत लिन सक्नुपर्छ । त्यसपछि पनि बहुमत पुर्याउने अन्य विकल्प बाँकी रहन्छ ।

कुनैपनि हालतमा बहुमत पुर्याउन नसके मध्यावधि चुनावतर्फ जानसक्छ । जसका लागि सत्तापक्ष र विपक्ष दुवै तयार छैनन् । यसकारण सत्ता गठबन्धनले बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गराएर भएपनि बहुमत ४७ सांसदको समर्थन प्रस्तुत गर्ने उपाय अपनाउने तयारी गरेको छ ।

यसबारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका छन् । शनिवार दुवै नेताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका हुन् ।

सर्वोच्च अदालतले कोशी सरकारमा उद्धव थापालाई मुख्यमन्त्री बनाउनु असंवैधानिक ठहर गरेपछि नयाँ सरकार गठनको प्रक्रिया बढेको छ । १६ साउनसम्म बहुमत प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् ।

९३ सदस्यीय कोशी प्रदेशमा सत्ता गठबन्धनको ४६ सांसद छन् । सभामुख बाबुराम गौतम सत्ता गठबन्धनको घटक माओवादी केन्द्रका हुन् । तर, उनले सरकार गठनमा मत दिन पाउँदैनन् ।

विपक्षी नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद छन् । यसकारण एक सांसदको समर्थन नै निर्णायक बनेको छ ।-File Photo

प्रतिक्रिया