४ पुस २०८१, बिहिबार | December 19, 2024

व्यक्ति पपुलर हुनेमात्र नभई पार्टी बलियो बनाउनेतर्फ सबै जिम्मेवार हुनुपर्छ : नेता सिंह


0
Shares

काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन्। कांग्रेस काठमाडौ महानगरको सम्मेलन उद्घाटन गर्दै उनले कार्यकर्ता र पार्टी जीवनमा परिवर्तनको अनुभूत हुने गरी कार्यक्रम बनाउनुपर्ने बताए।

स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीहरुबीच हुनुपर्ने सहकार्य अझै प्रभावकारी देखिनुपर्ने नेता सिंहको भनाइ थियो। व्यक्ति पपुलर हुनेमात्र नभई पार्टी बलियो बनाउनेतर्फ पनि सबै जिम्मेवार हुनुपर्ने उनले प्रष्ट पारे।

खुल्ला राजनीतिमा आएपछि कांग्रेसमा आन्तरिक अनुशासनको अभाव हुँदा केही समस्या देखिए पनि नआत्ति सबैले आफ्नो जिम्मेवारी ख्याल गरेर अघि बढ्न सक्नुपर्ने उनको भनाइ छ।

पार्टीलाई आवश्यक पर्दा कहिँ नदेखिने, तर पार्टी अधिवेशनमा कसैलाई जिताउनको लागि मात्रै देखापर्ने समस्या आएको भन्दै उनले क्रियाशील सदस्यता वितरणमा ध्यान दिनुपर्ने प्रष्ट पारे।

प्रतिक्रिया