१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बझाङमा दलितको घर भत्काउने ३ जना पक्राउ


0
Shares

बैतडी, १३ साउन । बझाङमा दलितको घर भत्काउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जोशी बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीयले दलितको घर भत्काएको भिडियोसमेत सार्वजनिक भएको छ ।

घर भत्काएको र मकैबाली काटेको बझाङ प्रहरीमा उजुरी परेको छ । बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जाशीलाई पक्राउ गरेको छ ।

पीडितले दिएको उजुरीअनुसार तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताएका छन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया