३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाली भाषामा प्रश्नपत्र सोध्न प्राज्ञिक विद्यार्थी परिषद्ले गरेको मागको सुनुवाई, त्रिविले आउँदो वर्षबाट लागू गर्ने


498
Shares

काठमाडौं, ११ साउन। प्राज्ञिक विद्यार्थी परिषद्ले परिक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न गरेको मागको सुनुवाई भएको छ । परिषद्ले नेपाली भाषामा प्रश्नपत्र सोध्न माग राख्दै अभियान नै चलाएको थियो ।

मागको सुनुवाई भएसँगै आउँदो २०८१ को वैशाखबाट नेपाली भाषामा पनि प्रश्नपत्र सोधिने त्रिविले जनाएको छ । स्नातक र स्नातकोत्तरमा अंग्रेजीमा मात्र प्रश्न सोध्ने गरिएकोमा अब नेपाली भाषामा पनि सोधिने भएको छ ।

अंग्रेजीमा मात्र प्रश्न सोध्दा विद्यार्थी मारमा परेका थिए । धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको कारण पनि नेपाली भाषामा प्रश्नपत्र नसोधिनु नै थियो ।

विद्यार्थी परिषद् ,नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले असारमा विश्वविद्यालयका पदाधिकारीहरूलाई भेट गरि नेपाली भाषामा पनि प्रश्नपत्र सोध्न माग पत्र बुझाएको थियो ।

परिषद्ले अन्य विभिन्न मागहरू राखि सातबुँदे माग सहित सुझावपत्र त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषाल, परीक्षा नियन्त्रक सह प्रा. डा. पुष्पराज जोशी, विश्वविद्यालय क्याम्पस प्रमुख प्रा।डा। ध्यानेन्द्र बहादुर राईलाई छुट्टाछुट्टै भेटगरी बुझाएको थियो।

परिषद्ले शैक्षिक क्यालेन्डर लागू गरि परिक्षा र नतिजा प्रकाशनको समय अवधि ठिक गर्न माग गरेको थियो। साथै दलीय भागबन्डाको अन्त्य, कर्मचारी अभावको कारण दैनिक प्रशासनिक कायमा हुने ढिलासुस्ती ढिक गर्ने, देशभरका विद्यार्थीहरूले ट्रान्सकिप्ट लिन काठमाडौं नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने, विद्यार्थीको स्वास्थ्य विमाको लागि स्वास्थ्य विमा कार्ड लागू गर्ने, स्नातक , स्नातकोत्तर तहको परिक्षामा नेपाली भाषामा र अङ्ग्रेजी भाषामा प्रश्न पत्र सोध्नु पर्ने जस्ता मागपत्रहरू त्रिवि पदाधिकारीहरू, परीक्षा नियन्त्रण कार्यालय र त्रिवि केन्द्रीय क्याम्पसमा परिषद् राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीको उपस्थितिमा उक्त मागपत्र बुझाएको थियो ।

प्रतिक्रिया