१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ओली र सुजाता कम्बोडियामा डिनरमा एकसाथ देखिएपछि…


0
Shares

काठमाडौं, ८ साउन । नेपाली काँग्रेस र नेकपा एमालेबीचको दूरी लगातार घट्दै गइरहेको छ । तिनका नेताहरुबीच भित्र भित्र भेटहरु बाक्लो भइरहेको छ । कतिपय भेटहरु योजना मुताबिक त कतिपय संयोगले हुने गरेका छन् ।

यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला कम्बोडियामा एकसाथ देखिएका छन् । उनीहरु कम्बोडिया सरकारको निम्तोमा चुनावको पर्यवेक्षक बनेर पुगेका हुन् ।

ओली र सुजाता डिनर बैठकमा पनि एकसाथ देखिए । कम्बोडियाका उच्च अधिकारीहरुको साथ उनीहरु डिनरमा देखिएका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओली र सुजाताबीच कम्बोडियामा महत्वपूर्ण कुराकानी भएको छ । यो कुराकानी सरकारको विकल्प खोज्ने विषयमा पनि केन्द्रित थियो ।

ओली र सुजाताबीच विगत देखि नै निकट सम्बन्ध रहँदै आएको थियो । गिरिजाप्रसाद कोइरालाले रुचाउने एमाले नेतामध्ये ओली थिए । यसकारण पनि सुजाताको ओलीसँग सुमधुर सम्बन्ध रहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया