२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रधानमन्त्री प्रचण्ड किन गए इटाली


0
Shares

काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । प्रधानमन्त्री तेस्रोपटक बनेपछि उनको यो दोस्रो विदेश भ्रमण हो ।

प्रचण्ड ८ देखि १० साउन सम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रचण्डले सम्मेलनमा अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतले सोमवारको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । मंगलवार पनि उनले सम्बोधन गर्ने कार्यक्रम तय छ ।

प्रचण्डको साथमा छोरी गंगा दाहाल, कृषिमन्त्री डा. वेदुराम भुषाल, योजना आयोगका सदस्य डा. जयकान्त राउत पनि सहभागी छन् ।

प्रतिक्रिया