३ आश्विन २०८१, बिहिबार | September 19, 2024

१०० केजी सुन तस्करी काण्डमा चिनियाँ नागरिकको ठूलो गिरोह संलग्न, चीन भाग्न खोज्दा एकजना पक्राउ


0
Shares

काठमाडौं, ४ साउन । एक सय केजी सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके भएको खुलेको छ । जसमध्ये एकजना पक्राउ परेका छन् ।

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जेक्यूयाङ लिनलाई पक्राउ परेको हो । उनलाई थप अनुसन्धानका लागि राजश्वर अनुसन्धान विभागमा बुझाइएको छ ।

चिनियाँ नागरिक लिन बिहिवार चीन उड्न लागेका थिए । उनी नेपालबाट भाग्न खोजेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

तस्करहरुले ब्रेक सु मा लुकाएर हङकङबाट सुन ल्याएका थिए । यसमा ठूलै गिरोह संलग्न रहेको आशंकामा नेपालको राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
सुन तस्करमा संलग्न एक जना तिब्बती नागरिक सहित ६ जना पक्राउ परिसकेका छन् ।

नेपालमा पछिल्लो समय ठूलो परिमाणमा सुन तस्करी खुलिरहेको छ । जसमा चिनियाँ नागरिकहरुको गिरोह नै संलग्न रहेको पाइएको छ ।

प्रतिक्रिया