१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विमानस्थलमा अझै सुन भएको आशंका,विशेष अपरेसन जारी


0
Shares

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्कामा विशेष अपरेसन भइरहेको बुझिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको स्रोतले जनाएको छ ।

सुन छ भन्ने आशङ्का भएपनि पहिलेको जति वा कम हो भन्ने चाँही पत्ता लागेको छैन् ।

नेपालमा पछिल्लो समय ग्राम हुँदै केजी अनि क्विन्टलमा सुन तस्करी हुन थालेको खुलेको छ । बुधवार राति एक क्विन्टल सुन ब्रेक सु मा लुकाएर ल्याइएकोमा बरामद भएपछि तस्करीको जालोबारे खुल्न थालेको हो ।

हङकङबाट आएको सुन राजधानीको एक फमका नाममा आएको हो । सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको विश्वस्त स्रोतले बताएको छ । संगठित गिरोह बनाएर सुन तस्करी हुँदै आएको थियो । यसमा उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो पत्ता लागेको छ । घटना खुले ठूलै पहिरो जाने भएकाले अनुसन्धानलाई माथि सम्म पुग्न नदिने चलखेल चलिसकेको छ ।

यसअघि गत वर्षको पुसमा पत्ता लागेको भेपमा सुन लुकाएर ल्याउने गिरोहको नाइके पनि चिनियाँ नागरिक नै थिए । चिनियाँ नागरिक लुई वाङ दाओजिङले भन्सारका कर्मचारीसँगको मिलेमतोमा सुन तस्करी गर्दै आएका थिए । उनको सम्बन्ध शक्तिशाली नेताहरुसँग पनि रहेको खुलेको छ ।

सुन तस्करीका नाइके चिनियाँ नागरिक दाओजिङको कनेक्शन नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग रहेको खुलेपछि तरंग आएको छ । महराका छोरा राहुल महरा यो घटनामा जाँचबुझमा परेका छन् । उनलाई जोगाउन माओवादीको ठूलै शक्ति लागेको छ ।

बुधवार राति नेपालको राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै सर्वाधिक सुन बरामद गर्दा पनि चिनियाँ नागरिक गिरोहका नाइके भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, यसलाई लुकाउन र गिरोहका नाइकेलाई बचाउने खेलहरु भित्र भित्र भइसकेका छन् । यो घटनामा ठूलै नेता तानिने भएकाले शक्ति केन्द्र अनुसन्धानलाई माथि जान नदिने खेलमा छ ।

विभागले बिहिवार सुनको परिमाण यकिन गरेर जानकारी दिने जनाएपनि झण्डै १०० केजी रहेको अनुमान छ ।

हङकङबाट तस्करले सुन ल्याएको बताउादै यसमा को को संलग्न छन् र सुन कस्ले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । उनले भने, सुन तस्करीमा संलग्न भन्सार एजेन्ट पक्राउ परेका छन्, विस्तारै यथार्थ खुल्दै जान्छ ।

नेपालमा पछिल्लो समय सुन तस्करीमा चिनियाँ नागरिकहरुको संलग्नता बढेको छ । उनीहरुले हङकङ र चीनका विभिन्न स्थानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पु¥याउने गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया