१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेका साँढे ५ लाख कार्यकर्ता वेपत्ता


0
Shares

काठमाडौं, ४ साउन । नेपालका राजनीतिक दलहरु जनतालाई कति सम्म ढाँट्छन् भन्ने उदाहरण बनेको छ नेकपा एमाले । उसले २०७८ को मंसिरमा दशौं महाधिवेशन गर्दा ८ लाख पार्टी सदस्य रहेको दाबी गरेको थियो ।

देशको सबैभन्दा ठूलो संगठन रहेको एमालेको हावा खुस्किएको छ अहिले । एमालेको संगठित सदस्य अढाई लाख पनि नवीकरण नभएको तथ्यांकको खुलासा भएको छ ।
८ लाख पार्टी सदस्य रहेको दाबी गर्ने एमालेमा अहिले ३ लाख समेतले नवीकरण नगर्नुको रहस्य के हो ?

एमालेका एक नेताका अनुसार महाधिवेशनका बेला आफ्नो प्रभाव बलियो बनाउन परिवार र निकटस्थलाई सदस्य बनाएका थिए । सदस्य मात्र बढाउन यसो गर्दा संख्या बढी देखिएको थियो । अब महाधिवेशन सकिएकाले नवीकरणमा ती व्यक्तिहरुको ध्यान गएन जसले सदस्य बनाउन पैसा तिरेका थिए ।

त्यसो त एमालेप्रतिको आकर्षण ह्वात्तै घटेको छ । एमाले फुटको असर पनि परेको छ त्यसमा । नयाँ दलहरुमा एमाले कार्यकर्ता प्रवेश गर्ने क्रम बढेको छ । विशेषगरी नयाँ खुलेका दलहरुमा एमाले कार्यकर्ता बढी गएका छन् ।

एमाले मात्र होइन काँग्रेसको हालत पनि त्यस्तै छ । उसले सदस्यता बढाउने घोषणा गरेपनि त्यो तत्काल सम्भव देखिदैन । महाधिवेशन सकिइसकेकाले कोही पनि सदस्य बनाउन र बन्न पैसा खर्च गर्न बढ्ने देखिदैन ।

दलहरुले कृत्तिम तरिकाले सदस्यता बढाउने देखाएर आफ्नो प्रभाव देखाउन खोज्नुको असर अहिले भोगिरहेका छन् । एमालेको हावा फुस्किएको छ अब काँग्रेसको दुब्लाएको स्पष्ट देखिने सम्भावना छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया