८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

विमानस्थलमा बरामद सुनको वास्तविक परिमाण सार्वजनिक गर्दै विभाग


0
Shares

काठमाडौं, ४ साउ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद भएको सुनको परिमाण आज यकिन गर्ने भएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार ८०–१०० किलोको बीचमा रहेको अनुमान गरेपनि आज भने यकिन परिणामबारे सार्वजनिक गर्ने भएको हो ।

विभागको टोलीले उक्त परिणाममा सुन बरामद गरेको हो । सुन चीनबाट ल्याइएको मोटरसाइकलको ब्रेकप्याडमा १६० सेटमा लुकाइएको अवस्थामा भेटिएको विभागले जनाएको छ ।

यस प्रकरणमा शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ । सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् ।

दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेका हुन् । भन्सार छलेर तस्करी भएको सूचनाको आधारमा विभागले आकस्मिक छापा मारेको थियो ।

 

प्रतिक्रिया