५ आश्विन २०८१, शनिबार | September 21, 2024

जनताले तिरेको कर सबैका लागि समान हो, एकलौटी गर्न पाइदैन् : नेता श्रेष्ठ (भिडियोसहित)


0
Shares

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका नेता सानुकान्छा श्रेष्ठले बुढानिलकण्ठ नगरपालिका भित्रका सम्पुर्ण सार्वजनिक जग्गाहरुको तथ्यांङ्क सार्वजनिक गरी संरक्षणका लागि संयन्त्र गठन गर्न माग गरेका छन् ।

मंगलबार नगरपालिका प्रमुखलाई ११ बुंदे मागसहितको ज्ञापनपत्र बुझाउन आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले ति सरकारी जग्गाहरुको संरक्षणको लागि तत्काल सर्वपक्षीय संयन्त्र गठन गर्न ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस बाग्मती प्रदेशका कानुन तथा संसदीय मामिला प्रमुख समेत रहेका नेता श्रेष्ठले न्याय सबैको लागि बराबर भएको बताए । जनताले तिरेको कर सबैको समान हक अधिकार लाग्ने पनि उनको भनाइ थियो । नगरप्रमुखले कर्मचारी नियुक्तिमा एकलौटी आफ्नो पक्षकालाई मात्र स्थान दिन नहुने उनले तर्क गरे ।

नगरपालिकाको आव ०७९/०८० मसान्तसम्म बेरुजु फस्र्यौट हुन बाँकी रकम सात दिन भित्र सार्वजनिक गर्न पनि उनले जोडदार माग गरे ।

सामुदायिक विद्यालयहरुमा प्रधानध्यापक नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने नगर बैठकको निर्णयको विरोध गर्दै नेता श्रेष्ठले उक्त निर्णयको नीतिमा नै स्पष्ट रुपले खोट देखिएको आरोप लगाए । करारमा रहेका प्राविधिकहरुको कामको मुल्यांकन नगरी नियुक्ति खारेज गरी स्थायी विज्ञापन नखुलाएसम्म फेरी नयाँ करारमा कर्मचारी नियुक्ति गर्ने नगरको निर्णय तत्काल सच्चाउनु् पर्नेमा उनले जोड दिए ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस,एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नगर प्रमुखहरुले संयुक्त रुपमा जारी गरेको ध्यानाकर्षण पत्र आज नगरपालिका प्रमुखलाई बुझाइएको हो ।

नगरपालिकाको पांङ्गणमा आयोजित विरोध सभामा स्थानीयहरुको पनि उल्लेख्यनिय सहभागिता थियो ।

 

प्रतिक्रिया