८ बैशाख २०८३, मंगलबार | April 21, 2026

भारतले बिष्फोटक पद्धार्थ नदिएको देखाएर फाष्ट ट्रयाक ढिलो गर्दै लागत बढाउने चलखेल


0
Shares

दीग्गज गौतमः नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौं तराई द्रुत मार्ग फाष्ट ट्रयाक बिष्फोटक पद्धार्थ भारतबाट नपाएको बहानामा ढिलो गर्न थालिएको छ । सेनाले अहिलेसम्म टुंगो लागेकामध्ये सबै प्याकेजमा चिनियाँ कम्पनीसँग निर्माणको ठेक्का सम्झौता गरेपनि विभिन्न बहानामा निरन्तर ढिलाई भइरहेकोमा बिष्फोटक पद्धार्थको विषयलाई बहाना बनाइएको छ । जब कि ठेक्का पाउने कम्पनीले नै बिष्फोटक पद्धार्थको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । अर्कोतर्फ, चीनबाट बिष्फोटक पद्धार्थ आयात भइरहेको छ ।

पछिल्लो समय काम ढिलो गरेको आलोचनाबाट पन्छन भारतले बिष्फोटक पद्धार्थ नदिएको विषयलाई देखाउन थालिएको छ । यसअघि चिनियाँ ठेकेदार कम्पनीले चीनकै मेशिन, जनशक्ति, निर्माण सामाग्री प्रयोग गर्नुपर्ने भन्दै एक वर्ष ढिलो गरी कामलाई गति दिएका थिए । चीनका कम्पनीहरु आफूले पाएका ठेक्कामा मेशिनरी सामाग्री र जनशक्ति आफ्नै प्रयोग गर्दै आएका छन् । काम जतिसुकै ढिलो भएपनि प्राविधिक सामाग्री देखि निर्माण सामाग्रीसम्म चीनबाट ल्याउने नीति अनुसार चिनियाँ कम्पनीहरुले काम ढिलो गर्दा फाष्ट ट्रयाक अबको दश वर्षभित्र पनि पूरा हुने सम्भावना कम देख�

प्रतिक्रिया