८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता


0
Shares

काठमाडौं,१ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानीभएको छ ।

मेयर शाहले काठमाडौं महानगरका जग्गाप्राप्ति सम्बन्धी समस्या, फोहरमैला व्यवस्थापन सम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए ।

मन्त्रीमोदीसँग मेयर शाहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयकालागिआग्रह गरे ।

जवाफमामन्त्रीमोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए । मन्त्रीमोदीले फोहोरमैलाव्यवस्थापनसम्बन्धीकानुननिर्माणको क्रममा रहेकाले त्यसमाथिमहानगरले आवश्यक सुझावदिनपनिआग्रह गरे ।

“काठमाडौंमहानगरपालिकाकालागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत् गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामीहामीतयार छौँ” मन्त्रीमोदीले भने, “तपाईले अहिले राख्नुभएको समस्यामाथिआवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौँ ।”

प्रतिक्रिया