आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,१ साउन । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।
यस्तै, आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।