३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपाल आयल निगमद्वारा स्वचालित मूल्य घोषणापछि कुन इन्धनको मूल्य कति


0
Shares

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले साउन १ बाट लागू हुने गरी इन्धनको स्वचालित मूल्य घोषणा गरेको छ । अब निगमले अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरी डिजलमा २ र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य निर्धारण गर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्याँसमा भने कुनै नाफा नराख्ने निर्णय लिएको छ ।

निगमको निर्णयले साउन १ गते काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पेट्रोल प्रति लिटर १६४ रुपैयाँ पर्नेछ । तराईमा १६१ रुपैयाँ ५० पैसा पर्नेछ र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टीतेल उपत्यका र पहाडी जल्लाहरुमा प्रतिलिटर १४६, तराईमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रुपैयाँ पर्नेछ । एलपी ग्याँसको मूलय १७९० रुपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धनको मूल्य भने स्वचालित नगर्ने निर्णय लिएको छ ।

प्रतिक्रिया