देश बचाउनको लागि पनि राजा चाहिन्छ : धवल शमशेर राणा
काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणाले राष्ट्र अहिले लिक भन्दा बाहिर गएको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएकाहुन् ।
उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानु परेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।
‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकट भविष्यमा अगाडि जालाभन्ने विश्वास पनिजनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन । न्यायालयको हालतत्यो छ ।हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ उनले भने,‘हामी सबैलाई थाहा छ । राजनीतिगर्ने शीर्षस्थ नेताहरु जेलको कठघरामाजानुपरिरहेको छ । प्रशासनचलाउने उच्चस्तरकाकर्मचारीहरु भ्रष्टाचारमा मुछिएर जेलमागइराखेका छन् ।’
उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको य�
