१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देश बचाउनको लागि पनि राजा चाहिन्छ : धवल शमशेर राणा


0
Shares

काठमाडौं, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणाले राष्ट्र अहिले लिक भन्दा बाहिर गएको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएकाहुन् ।

उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानु परेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।

‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकट भविष्यमा अगाडि जालाभन्ने विश्वास पनिजनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन । न्यायालयको हालतत्यो छ ।हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ उनले भने,‘हामी सबैलाई थाहा छ । राजनीतिगर्ने शीर्षस्थ नेताहरु जेलको कठघरामाजानुपरिरहेको छ । प्रशासनचलाउने उच्चस्तरकाकर्मचारीहरु भ्रष्टाचारमा मुछिएर जेलमागइराखेका छन् ।’

उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्रभविष्यनदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्नेगरेको पनिबताए ।
‘देशमा रोजगारीको आशै रहेन । हाईस्कूल पढ्नेवित्तिकै, प्लस टु पढ्नेवित्तिकै हाम्रा देशकाबच्चाहरु कुन देशमागएर के नोकरी गर्नेभन्दाअर्को भविष्य छैन । यो परिस्थितिमाआज देश छ,’– उनले भने ।
देश हिजो कहाँथियो र अबकताजाँदैछ भन्नेबारेमा राजनीतिगर्ने नेताहरु अनविज्ञ रहेको पनिउनको भनाई छ । २०६२÷०६३ को जनआन्दोलन र गणतन्त्रपछि नेपालीजनता चढेको गाडी गन्तव्यमापुग्नु पहिल्यै विग्रिसकेको उनको दाबी छ । उनले अहिलेको व्यवस्थामाजनताचिन्तित रहेको बताए ।

‘देशहिजो यहाँथियो, आजकहाँगइराखेको छ भन्ने हामीलाई थाहा छैन । यो सबैको बीचमा सकारात्मक कुरा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । गणतन्त्र आएपछि वा २०६२÷०६३ को जनआन्दोलनपछि जुन गाडीमा नेपालीजनता चढे,त्यो गाडि गन्तव्यमापुग्नुभन्दापहिल्यै नैविग्रिसकेको छ,’– उनले भने ।
संघीयता र गणतन्त्र पूर्णरुपले असफलभैसकेकोउनको दाबी छ । सिंहदरबार गाउँ–गाउँमा आउँछ भनेपनिगाउँ–गाउँमा राजारानीमात्रै पुगेको उनको टिप्पणी छ । गरिब देशले ४६ हजार राजारानीपाल्ननसक्ने उनले बताए ।

‘गाडी थोत्रो भइसकेको छ । ड्राईभरमाविश्वास छैन । ड्राईभरले कहाँपुर्याउला?प्यासेन्जर आँत्तिसकेको छ, बस बिग्रिसकेको छ । अब नेपालीजनताले त्यो बिग्रेको थोत्रो बस, कामनलाग्ने बस परिवर्तन गर्ने किनगर्ने ?प्रश्नगर्दै उनले भने,‘प्रश्नचाहिँत्यहाँ छ । यो राष्ट्र असफल राष्ट्र भएको सबैले महशुस गरिसकेका छन् । जनताले आशगर्ने ठाउँनै छैन । अब यो परिस्थितिबाटबाहिर निस्कने किननिस्कने ?’

अहिले गाउँ–गाउँमापुगेका ४६ हजार राजारानीले जनताको पक्षमाकुनै कामनगरेको र जनतालाई नटेरेको उनको आरोप छ । उनले देशमाअब परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्र, यो संघीयता पूर्णरुपले असफलभएको उनको दाबी छ । ४६ हजार नेताहरुको पालनपोषण गरिब राज्यले गर्न नसक्ने उनको दाबी छ । अहिलेको संघीयता राजनीतिको नाममाजीविकाचलाउने भाँडो भइरहेको उनको टिप्पणी छ ।
‘प्रदेशहरुको कामै छैन । भत्ताखुवाउने, राजनीतिको नाममाजीविकाचलाउने भाँडो भइरहेको छ यो संघीयता । संघमा नेताहरुको खेलाँचीभइरहेको छ । सरकार ढल्ने अनि ढलाउने र मन्त्रीबन्ने र बनाउनेबाहेक अरु कामभइरहेको छैन,’–उनले भने ।

देशको माया राजालाई जति नेतालाई नहुने उनको दाबी छ । राजाले आफ्नो गद्दीजोगाउनकालागिपनि देशलाई मायागर्ने उनले बताए । ‘परिवर्तन गर्ने किनगर्ने ? अगाडि बढ्ने कि नबढ्ने ?कि यो गरिब देशलाई यस्तै छाड्ने ?नचलेको व्यवस्था, नचलेको गाडी, फाटेको लुगा फेर्ने किनफेर्ने ?यो गणतन्त्रलाई चलाइराख्ने कि परिवर्तन गर्ने ?’भन्नेप्रश्नगर्दै उनले भने,‘हामीले प्रष्ट भीजनलिएर अगाडि बढेका छौं । यो देश दुई हजार वर्षबाट कुनै न कुनै प्रकारको राजसंस्थाले चलेको देश हो । राजाले आफ्नो गद्दीको लागिपनि देशलाई बचाइराख्छ ।’

अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको उनको आरोप छ । नेपालीजनतालाई नक्कलीभुटानी शरणार्थी बनाएर बेच्नसक्ने,आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारीजग्गाजमिनसमेत हड्पिने नेताहरुले देश नबेच्लानभनेर विश्वास गर्न नसकिने उनको दाबी छ ।
हरेक पाँचवर्षमा एउटा राष्ट्रपति निवर्तमानहुने बताउँदै उनले निवर्तमानभएकापूर्वराष्ट्रपतिको पालनपोषण जिन्दगीभर गर्न यो देशले अबत्यो व्ययभार धान्ननसक्ने उनले बताए । अहिलेसम्मकातीनै जना राष्ट्रपति देशको भन्दापनि पार्टी र व्यक्तिविशेषको भएको उनको आरोप छ । संघीयता र गणतन्त्रको अन्तिमविकल्प राजसंस्थापुनस्र्थापनाभएको उनले बताए ।

‘राजा सबैको साझाहो । सबै नेपालीजनताले मानेको राजसंस्थाहो । अहिले राष्ट्रपतिको जुनक्रियाकलाप देखियो, अहिलेकोमात्रै होइन, तीनवटै राष्ट्रपतिको क्रियाकपाल पार्टीको राष्ट्रपति, पार्टीभन्दापनिव्यक्तिको राष्ट्रपतिसम्म देखियो,’–उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले देश चलाउने र राजनीतिगर्ने राजालाई पुनस्र्थापनागर्न नखोजेको उनको भनाई छ । राष्ट्रपतिले राष्ट्रप्रति देखाउनुपर्ने बफादारिता, इमानदारिता र अभिभावकत्व देखाउननसकेकाले आफूहरुले देशको अभिभावकको रुपमा राजालाई चाहेको उनको भनाई छ । देशको हितमानभएको कुराहरुलाई देशको हितमा छैन भनेर अडान लिनसक्ने राजाको परिकल्पना राप्रपाले गरेको उनको दाबीछ ।सबै राजनीति र नेतालाई एक ठाउँमा राखेर देशलाई अभिभावकको रुपमा राजाचाहेको उनले बताए ।

धर्मनिरपेक्षता नेपालीजनताको मागनभएर विदेशीको इशारामात्यो आएको उनको दाबी छ । धर्मनिरपेक्षताको बारेमाजनआन्दोलनमाजनताले कुरै नउठाएको उनको दाबी छ । ८० प्रतिशतजनताहिन्दूभएको देशमाकिनधर्मनिरपेक्षतालादियो भन्ने कुरा पनिजनताले बुझिसकेको र अबहिन्दुराष्ट्र पुनस्र्थापनाभएरै छाड्ने उनको दाबी छ ।

‘यो देशमाहिन्दुराष्ट्र फर्काउने हो । जनताले मौकापाएभने हिन्दुराष्ट्र पुनस्र्थापना हुन्छ । यो व्यवस्था र नेताहरुको अकर्मण्यताले राजापनिआउनुपर्ने अनिवार्य स्थिति बनिसकेको छ,’–उनले भने ।
संघीयता र गणतन्त्र नमान्ने राप्रपाकिन संघ र प्रदेशको निर्वाचनमा सहभागीभएको भनेर आफूहरुलाई जनताबाट प्रश्नआइरहेको बताउँदै उनले संसद्मागएर संविधानको माध्यमबाट नै व्यवस्था परिवर्तन गर्ने तयारी आफूहरुको रहेको जबराको भनाई छ । साथै, जनआन्दोलनको तयारीपनिभइरहेको र जनलहरबाट पनि यो व्यवस्था उल्टिनसक्ने उनको भनाई छ ।

साथै, उनले भ्रष्टाचारमा संलग्न रहेको व्यक्तिलाई भोट नदिनजनतासमक्षअपिलपनि गरे । पैसाको भरमाचुनावजितेर आउनेहरुबाट परिवर्तन सम्भव नरहेको उनको दाबी छ । पैसामाभोट विक्दा नेताहरुले भ्रष्टाचार गरेको उनको आरोप छ । जनताले अबकामगर्ने मान्छेलाई अगाडि सार्न आवश्यक रहेको उनको भनाई छ । अहिले केही परिवर्तनको सन्देश आएको उनले बताए । आफूहरुले पुराना पार्टीलाई जनताले तिरस्कार गरेको संकेत पाइरहेको उनको भनाई छ ।

कर्मचारी, एउटा शाखाअधिकृतलाई टिप्पणी उठाएको भरमाजेलमाहालेकोमाभने उनले आपत्तिजनाए । उनले भने,‘टिप्पणी त सदर हुँदै आएर मन्त्रिपरिषदले सदर गरेछ नि?कर्मचारीलाई लेख भनेपछि लेख्नैपर्यो नि । टिप्पणीको कुरा मन्त्रिपरिषद्को निर्णयबाट सदर भएको छ । मन्त्रिपरिषदको अध्यक्षप्रधानमन्त्रीहुन्छ ।को जिम्मेवार भयो त ? टिप्पणी लेख्ने जिम्मेवार हो ?त्यो बेलाको मन्त्रिपरिषद्मा निर्णय गर्ने सबैलाई जेल हाल्नुपर्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तराष्ट्रिय समूदायअगाडि नेपालीले टाउको उठाउन पनिनसक्ने स्थिति बनाएको उनको टिप्पणी छ । भ्रष्टाचार प्रकरणमा साना–ठूला कसैलाई पनि छोड्न नहुने उनको माग छ । भ्रष्टाचार गर्नेहरुलाई जेलमाहालेर तिनीहरुको सबै सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक रहेको उनले आवश्यकत्ताऔंल्याए ।

उनले नेपालीजनताले बोल्नेमात्रै नभएर अबकाम गरेर देखाउने नेताखोजिरहेको बताए । भ्रष्टाचार नेतृत्वसँगगाँसिएको कुरा भएकाले नेतृत्व परिवर्तन अहिलेको आवश्यकत्ता रहेको उनले बताए । परिवर्तनको अठोट गरेर आफूहरु आएको बताउँदै उनले राप्रपालाई एकपटक देशकै नेतृत्वगर्नेगरि विश्वास गर्न पनिआग्रह गरे । नेपाललाई सुहाउने राजतन्त्रआफूहरुको परिकल्पनाभएको उनको भनाई छ । विश्वमा एक सयभन्दा बढी क्रिश्चियन राष्ट्र भएको उल्लेख गर्दै उनले ८० प्रतिशतजनताहिन्दु भएको देशमाहिन्दुराष्ट्र अपरिहार्य भएको बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया