३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा शिक्षा कार्यशाला


0
Shares

वीरगञ्ज, ३० असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वीरगञ्जमा शिक्षा कार्यशाला गरेको छ । प्राज्ञिकको जानकी प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक प्रदेश स्तरीय शिक्षा कार्यशालामा देशको शिक्षा क्षेत्रको पछिल्लो अवस्थाबारे गम्भीर विमर्श भएको छ ।

शिक्षा कार्यशालाको उद्घाटन मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले गरे ।

कार्यशालामा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, त्रिभुवन विश्वविद्यालय बन अध्ययन संस्थानका पूर्व डीन डा। जीबनाथ पाण्डे , शिक्षाविद डा. कृष्ण चन्द्र साह, परिषद्कि जानकी प्रदेश अध्यक्ष डा. सुष्मा तिवारी, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्त, राष्ट्रिय सचिव कविराज न्यौपाने सहभागी थिए ।

कार्यशालामा प्रदेशका विभिन्न जिल्लाबाट शिक्षासँग सरोकार राख्ने शिक्षाविद, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक रशिक्षिका , प्राचार्य एवम् लगानीकर्ताहरूको सहभागीता थियो ।

प्रतिक्रिया