११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

स्वर्णिमलाई सैनिकहरुको चेतावनी : सस्तो लोकप्रियताकालागि सेनाको विरुद्धमा नबोल्नुस्


0
Shares

काठमाडौं, २९ असार । नेपाली सेनाको संख्या घटाउनेविषयमा पछिल्लो समय राजनीति वृत्त र सदनमासमेत बहस सुरु भएको छ । संघीय संसद्कादुवै सदनमाखर्च कटौतिकालागि सेनाको संख्या घटाउन पर्ने आवज उठिरहेको छ । सेनाको संख्या कटौतिको विषयमा भएका बहसलाई अवकाश प्राप्त सुरक्षाकर्मीहरुले आलोचना गरेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै अवकाशपाप्त नेपाली सेनाकाअधिकारीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दै पूर्व सुरक्षाकर्मीहरुले प्रतिनिधि सभामा डा. स्वर्णिम वाग्ले र राष्ट्रिय सभामाविमला राईले सेनाको संख्या घटाउने विषयमा दिएको अभिव्यक्तिको खण्डण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधनगर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीयउपाध्यक्षपुष्पाखर गौतमले विदेशीचलखेलको आधारमा नेपाली सेनाको संख्या कटौतिगर्न सडकदेखि संसद्सम्मचलखेल सुरु भएको बताए ।

विश्वको सैनिकइतिहासमा नेपाली सेनाले आफ्नो गौरवगाथा रच्न सफलभएको उनको दाबी छ । सेना नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय बिविधतालाई एकताको सुत्रमाबाँधेर देश र जनताको सेवामा समर्पित रहेको उनले बताए ।

साथै, नेपाली सेनाविश्वको थुप्रै मुलुकहरूमाशान्ति स्थापनाको कार्यमाउच्चस्तरको कलाकौशलता प्रस्तुतगर्न सफल रहेको उनले बताए । उनले मुलुकभित्रआईपर्ने प्राकृतिकविपत्तिमानागरिकको उद्दार, राष्ट्रिय स्तरकादर्जनौ सडक निर्माण, राष्ट्रको महत्वपूर्ण संरचनानिर्माण, विद्युतआयोजना र भि.भि.आई.पि.हरूको सुरक्षामापनि नेपाली सेनाले योगदानदिइरहेको स्मरण गरे ।

उनले संयुक्त राष्ट्रसंघको मापदण्डबमोजिम सेनाको संख्याहुनुपर्ने भएपनि नेपालमा सबै संख्यामा दरबन्दी पुरा नरहेको बताए ।उनले अहिले सेनाको संख्या घटाउनुपर्ने कुरा उठिरहेकोप्रतिआपत्तिजनाए । यस्ताखालकाअभिव्यक्तिले सेनाको अपमानहुने उनको बुझाई छ ।

त्यस्तै माओवादीकापूर्व बालसैन्य लेनिन विष्टले सरकारले सेनाको संख्या घटाउने भन्दै सेनाको आत्मबलगिराएको आरोप लगाए । अध्ययनविना नै सेनाको संख्या घटाउने कुरा उठाइएको भन्दै उनले आपत्तिजनाए । देशमा सेनाविना परिवर्तन सम्भव नरहेको उनको निष्कर्ष छ । उनले सरकारले लोकतन्त्रको नाममा देशको अस्तित्वमाथि नै खेलवाड गरिरहेको आरोप लगाए ।

‘यो सरकारले लोकतन्त्रको नाममा देशको अस्तिवमाचि नै खेलवाड गर्ने कामभएको छ । भविष्यमापनि यो हुन्छ । यो संसारकै सबैभन्दा पुरानो संस्थाहो । नेपाली सेनाको इतिहास छ । आजत्यो इतिहासमाथिप्रहार भयो,’– उनले भने ।

आफू र पूर्व जनमुक्ति सेनाहरु देशको लागि लड्न अझैपनितयार रहेको उनले बताए । पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय सदस्यविक्रम पाण्डेले सेनालाई राज्यलेक्रमिक रुपमाकमजोर बनाउने कामगरिरहेको आरोप लगाए। उनले आफूहरु उमेर हदकाकारण संस्थाबाट अवकाशभएपनि देश र जनताको हितको लागिअवकाशनभएको बताए । नेपाली सेनाआफ्नो अनुशासनसहित देश र नेपालीजनताको रक्षामातल्लीन रहेको बताउँदै पाण्डेले सेनालाई चलाएर गल्तीनगर्न सबै राजनीतिकदललाई चेतावनीपनिदिए ।

पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीयउपाध्यक्ष सशस्त्रप्रहरी बल नेपालकापूर्व डिएसपी खगेन्द्रराज बस्नेतले नेपाली सेना राष्ट्रको संरक्षण गर्ने गौरव भएको बताए । सरकारले सर्वोच्चअदालतले

सर्वश्वसहितजन्मकैदको फैसला गरेको रेशमचौधरीलाई आममाफीदिन सोच्नभ्याएको तर सेनाको गौरव र गरिमाको बारेमा सोच्ननसकेको भन्दै आपत्तिजनाए ।

‘सेनाको बारेमाबोल्नुभन्दापहिले सोच्नुस् । नसोचिकनबोलेको कुराले देशमानोक्सान पुग्छ । राष्ट्र र राष्ट्रिष्तामा क्षति पुग्छ,’– उनले भने ।

राजनीतिलाई सेवामान्ने हो भने स्थानीयतहको तलब, भत्ता कटौतिगर्न आवश्यक रहेको उनको भनाई छ । राजनीतिले केहीफाइदानदिएको भन्दै उनले राजनीतिक रुपमाहुने सबै प्रकारकाखर्च कटौतिहुनआवश्यक रहेको बताए । उनले सेना राष्ट्र र सबै नेपालीको गौरबको विषयभएको बताए ।

राष्ट्रलाईआवश्यक परेको खण्डमा अवकाशप्राप्त सुरक्षाकर्मीहरु बलिदानीको लागितयार रहेकोसमेत उनले प्रतिवद्धता व्यक्त गरे ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्यमोहनथापाले नेपाली सेना नेपाल देश निर्माण गर्ने संस्था रहेको बताए । सेना स्थापनाभएर देश निर्माण गर्दै गर्दा आजविश्वमाशक्तिशालीभएका देशहरु स्वाधीनसमेत नभएको उनको भनाई छ । नेपाली सेना सानो बनाएर त्यसबाट जोगिने खर्चले कुनै पनिविकास निर्माणको काम सम्पन्ननहुने उनको दाबी छ । कतिपयले सुगौली सन्धीपछि सेनाको कुनै कामनभएको टिप्पणी गरेको भन्दै उनले भने, ‘सेनाले देशभित्र सञ्चालितआन्तरिक द्वन्द्वमादाजुभाई मार्नमाबहादुरी नदेखाएको चाहिँ सत्य हो । सेनालाई दाजुभाई मार्नु थिएन । जनतामार्नु थिएन । त्यो आफ्नो सुरक्षाको लागिगरिएको न्यूनतम् दायित्वमात्रै थियो ।’

उनले सेनाले नै विद्रोहीशक्तिलाई शान्तिपूर्ण राजनीतिमाल्याउनबाध्यबनाएको दाबी गरे ।
अवकासप्राप्त सहायक रथीबाबुकृष्ण कार्कीले नेपाली सेनाको संख्या घटाउनेभन्दापनि बढाउन आवश्यक रहेको बताए । उनले अहिले सेनाले विभिन्नविपत्तिमापहिलो उद्धारकर्ता भएर जनताको वस्तीमा गएर सेवादिएको उनले बताए ।

सेनाको संख्या घटाने कुरामा स्वार्थ लुकेको उनको दाबी छ । उनले नेपालमाद्वन्द्वव्यवस्थापनमाआएका विज्ञले सेनाको संख्यापाँचलाखहुनुपर्ने बताएको पनिदाबी गरे । इतिहासविद् भीमबर्मालेजनआन्दोलनपछि टिकाटिप्पणी आइरहेको बताए । यस्तो खाल्को टिकाटिप्पणी सुरक्षाको हिसाबले पनिखतरनाक रहेको बताए । यस्ताखाल्का टिकाटिप्पणीले विदेशीहरुले आफ्नो स्वार्थ पुरा गरिरहेको बताए ।

नेपालभन्दा साना देशमा नेपालकोभन्दा ठूला संख्यामा सेना रहेको उल्लेख गर्दै उनले यस्ता विषयमा सदन र संसद्मा छलफल गर्न नहुने बताए । उनले सेना देशको प्राण भएको बताए ।

पूर्व सहायक रथीजीवनारायण श्रेष्ठले देश र जनताविपत्तिमापर्दा पहिलो उद्धारकर्तासेनाभएको बताए । देशमाभूकम्प, बाढी, पहिरो र सुरक्षामाजोखिमआएको बेला सेनानै अगाडि बढेको उनले स्मरण गरे ।
पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले केही मान्छेहरुले फिरङ्गीको हण्डी खाएर नेपाली सेनाविरुद्ध बोलिरहेको आरोप लगाए । नेता, सांसद, न्यायाधीश सबैले फिरङ्गीको हण्डी खाने गरेको उनको आरोप छ ।

सेनाभित्रपनि केही सुधारको आवश्यकता रहेको औंल्याउँदै उनले नेपालनिर्माणमा सेनाको भूमिका कसैले पनिभूल्ननहुने बताए । गे्रटर भारतको नक्सामा नेपालमा भू–भाग समावेश भएकोमाआपत्तिजनाउँदै उनले प्रधानमन्त्रीको आलोचना गरे ।

प्रधानमन्त्रीले भारतको ज्यादतिविरुद्ध केहीबोल्न नसकेको उनको आरोप छ । उनले सेनाकाउच्चपदस्थअधिकारीहरुलाई अवकाशप्राप्त भएपछि पनिशिर ठाडो पारेर हिँड्न सक्ने गरी कामगर्न आग्रह गरे ।

अवकाशप्राप्त सहायकरथी डा. केशरबहादुर भण्डारीले राजनीतिककर्मीहरु सेनालाई कमजोर बनाउने उद्धतभइरहेको आरोप लगाए । सेनाको विरुद्धको अभिव्यक्तिआफूहरुलाई सह्य नहुने उनको भनाई छ । आवेगमाआएर सस्तो लोकप्रियताको लागि सेनाको विरुद्धमा नबोल्न उनले आग्रह गरे । देश निर्माणमा सेनाको योगदानअतुलनीय रहेको बताउँदै उनले यसका विरुद्ध नलाग्नआग्रह गरे ।

नेपालमा तुलनात्मक हिसाबमा सबैभन्दा राम्रो संस्था नेपाली सेना रहेको उनको दाबी छ । देशलाई संकट पर्दा सबैभन्दा पहिले योगदानदिन सक्ने संस्था नै सेनाभएको उनले बताए ।

कार्यक्रम सञ्चालकपूर्व सैनिक हेमशंकर गिरीले गरेकाथिए । उनले सेनाराष्ट्रको जीवनसँगगाँसिएको संवेदनशीलविषयभएको बताए । सेनामाथिक्रमिक रुपमा आक्रमण गर्ने कार्य बन्दगर्न उनले सबै समक्षआग्रह गरे । नेपालको विविधता र संस्कृतिको संरक्षण गरेकै कारण सेनामाथिप्रहार भइरहेको उनको दाबी छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया