२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

४० दिनपछि चन्द्रमाको सतहमा टेक्ने लक्ष्य लिएर उड्यो भारतको चन्द्रयान


0
Shares

एजेन्सी, २९ असार । भारतको चन्द्रयान-३ चन्द्रमाको यात्रामा उडेको छ । आज भारतको अन्तरीक्ष अध्ययन संस्था इसरोले चन्द्रमाको यात्राका लागि उडान प्रक्षेपण गरेको हो ।

भारतले चन्द्रमामा सफलतापूर्वक यान पठाउने महत्वाकांक्षा पूरा गर्न मरिमेटेको छ । यस अभियानमा यान प्रक्षेपण गरिएको हो ।

यान सफलतापूर्वक चन्द्रमामा अवतरण गरेर भारतले अमेरिका, सोभियत रुस र चीनपछि आफूलाई उभ्याउन खोजिरहेको छ ।

विगतमा अमेरिका र सोभियत संघले चन्द्रमामा यान पठाउँदा धेरै पटक असफलता व्यहोरेका थिए । चीनले मात्र पहिलो प्रयासमै सफलता हासिल गरेको थियो ।

भारतले पनि २०१९ मा चन्द्रयान २ को अवतरणमा असफलता हासिल गरेको थियो । यान चन्द्रमामा झर्दै गर्दा र्दुघटनामा परेको थियो ।

भारतले चन्द्रयान-३ मा विशेष सुधार गरेर महत्वाकांक्षी चन्द्रयात्रालाई पूरा गर्न खोजेको छ । ४० दिनको यात्रापछि चन्द्रयान ३ अगष्ट २३ मा चन्द्रमाको सतहमा पुग्ने अपेक्षा राखिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भारतको चन्द्रमा अभियानमा नयाँ अध्याय सुरु भएको बताएका छन् ।

प्रतिक्रिया