राष्ट्रिय सभाबाट बहुमतले बजेट पारित, कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं, २८ असार । आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभा बाट बहुमतले पारित भएसँगै कार्यान्वयनको बाटो खुलेको छ ।
योसँगै सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको हो ।
आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको छ ।