३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बीआरआई कार्यान्वयन नभएको स्पष्ट पार्दै परराष्ट्रमन्त्री साउदले भनेः छलफल जारी छ


0
Shares

काठमाडौं, २९ असार । नेपाल सरकारले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन नभइसकेको स्पष्ट पारेको छ । यसका लागि चीनसँग योजनाबारे छलफल भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बिहिवार संसदलाई जानकारी गराएका छन् ।

मन्त्री साउदले राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, ‘दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको छ ।’

चीनले नेपालमा बीआरआई कार्यान्वयनमा आइसकेको बताउँदै आएको छ । नेपालका लागि चीनका राजदूत छन सोङले पनि बीआरआई कार्यान्वयन भएको दाबी गरेका थिए । तर, नेपालले त्यसलाई अस्वीकार गरेको छ ।

नेपाली अधिकारीहरु चीन भ्रमणमा जाँदा पनि बीआरआई कार्यान्वयनको दबाब सृजना गर्दै आएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट फर्किएपछि बीआरआई कार्यान्वयनमा चीनको बढी जोड रहेको स्पष्ट पारेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग २०७५ मा बीआरआईसम्बन्धी सम्झौता भएको थियो । तर, त्यसपछि बनेको सरकारले बीआरआई अनुदान मात्र स्वीकार्ने अडान लिदै आएको छ ।

प्रतिक्रिया