२२ भाद्र २०८१, शनिबार | September 8, 2024

राजु मास्टर, बल्छी ध्रुवेलगायत कलाकारहरु धरौटीमा रिहा


0
Shares

काठमाडौं, २७ असार । सट्टेबाजी गराएको आरोपमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

अनलाइन सट्टेबाजी वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो । धरौटी तिरेर कलाकारहरु रिहा भएका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पनि पक्राउ परेका थिए । उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ ।

प्रतिक्रिया