४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, को को थिए यात्री


0
Shares

काठमाडौं, २६ असार । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमांडूका लागि उडेको हेकिलोप्टर मंगलवार विहान १० बजे सम्पर्कविहिन भएकोमा मध्यान्ह भेटिएको हो ।

खोजीको क्रममा हेलिकोप्टर लम्जुरा पासमा दुर्घटनाग्रस्त भएको फेला परेको छ । सोलुखुम्बु प्रहरीले हेलिकोप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।

लम्जुरा पासमा स्थानीयले धुँवा र विष्फोटको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खोजीका क्रममा सुरक्षाकर्मीले दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटेको हो ।
हेलिकोप्टरमा पाइलट क्याप्टेन सीबी गुरुङ थिए । ५ मेक्सिकन यात्रुहरुमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासिया गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेको उल्लेख छ ।

सगरमाथालाई नजिकबाट हेर्न सोमवार लुक्ला घुम्न पुगेका उनीहरु मंगलवार काठमाडौं फर्कदै थिए । लुक्लाको मौसम खराब भएपछि सुर्केबाट यात्रीलाई हेलिकोप्टरमा राखी काठमाडौंतर्फ उडाइएको थियो ।

प्रतिक्रिया