१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मनाङ एयरको हेलिकोप्टर वेपत्ता


0
Shares

काठमाडौं, २६ असार । सोलुखुम्बुबाट उडेको हेलिकोप्टर सम्पर्कविहिन भएको छ । सुर्के भन्ने ठाउँबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहिन भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले मनाङ एयरको सम्पर्कविहिन हेलिकोप्टरमा चालक र पाँच विदेशी यात्रु रहेको जानकारी दिए ।

हेलिकोप्टर स्थानीय समय अनुसार विहानको १० बजे सम्पर्कविहिन भएको छ । खोजीका लागि सुरक्षाकर्मी खटिएका छन् ।

हेलिकोप्टर दुर्घटनाको आशंका गरिएको छ । सम्पर्कविहिन भएको स्थान हिमाली क्षेत्र हो । मौसमका कारण पनि खोजीमा समस्या आएको जनाइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया