३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भारतको धौलीगंगाको बाँध खोलिदै


0
Shares

काठमाडौं, २५ असार । भारतले भोलि धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ । बाँध खोलिने भएपछि दार्चुला प्रशासनले महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन एक सूचना जारी गरेको छ ।

दार्चुलाले असार २६ गते बिहानदेखि बेलुका ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको एनएचपीसी लिमिटेड र धौलागंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सिल्ट सफाइका लागि बाँध खोल्नेबारे पत्राचर गरेर जानकारी दिएको हो ।

धौलागंगाको बाँध खोल्दा दार्चुला,बैतडी,डडेलधुरा,कञ्चनपुर भएर भारततीर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ ।

प्रतिक्रिया