१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डको राजीनामा मागबाट ओली ब्याक


0
Shares

काठमाडौं, २४ असार । संसदको गतिरोध हट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि संसदको गतिरोध अन्त गर्ने समझदारी बनेको हो ।

सत्ता गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी बैठकमा आजबाट संसदमा एमालेले अवरोध नगर्ने समझदारी बनेको हो ।

बैठकबारे जानकारी दिदै काँग्रेस नेता रमेश लेखकले आज प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिनेछन् । त्यसपछि एमालेले निर्णय लिने तय भएको छ ।

प्रचण्डले गत हप्ताको सोमबार भारतीय व्यवसायी प्रीतम सिंहसम्बन्धी पुस्तक विमोचनमा विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रीतम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको र भारत आउने जाने गरेको बताएका थिए । यसलाई लिएर विपक्षी एमाले राजीनामा माग्दै बुधवार देखि संसद चल्न दिएको छैन ।

सत्ता गठबन्धनका घटक दलहरुको साथ देखिएपछि एमाले राजीनामाबाट पछि हटेको हो । प्रचण्ड नेतृत्वको सरकार गिराउने प्रयास एमालेले गर्दै आएपनि सफल हुन सकेको छैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया