३१ भाद्र २०८१, सोमबार | September 16, 2024

समाजवादी मोर्चाको अध्यक्षता प्रचण्ड, नेपाल, यादव र विप्लवले आलोपालो ६-६ महिना गर्ने समझदारी


0
Shares

काठमाडौं, २३ असार । समाजवादी मोर्चाको अध्यक्षता आवद्ध दलहरुका नेताले प्रत्येक ६-६ महिनामा आलोपालो गर्ने समझदारी भएको छ । मोर्चा गठन भएपछि शनिवार बसेको बैठकबाट उक्त समझदारी गरेको हो ।

मोर्चाको घटक नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले प्रत्येक ६-६ महिनामा अध्यक्ष परिवर्तन गर्ने समझदारी भएको जानकारी दिएको हो । यसको लिखित निर्णय २७ असारमा बस्ने बैठकले गर्ने बताए ।

समाजवादी मोर्चामा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् । मोर्चा ४ असारमा गठन भएको हो ।

नेपालको संसदमा समाजवादी मोर्चाका दलहरुबाट ५४ सांसद छन् । मोर्चा भविष्यमा एउटै पार्टी बनाउने लक्ष्यका साथ गठन गरिएको प्रचण्डले बताइसकेका छन् ।

प्रतिक्रिया