८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

प्राज्ञिक विद्यार्थी परिषद्ले १५ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने


0
Shares

काठमाडौं, २२ असार । देशमा दलहरुका भातृसंस्थाका रुपमा विद्यार्थी संघ संगठन सक्रिय छन् । उनीहरु ती दलहरुकै स्वार्थ अनुरुप कार्य गर्दै आएका छन् । क्याम्पसहरुमा बेला बेलामा कुटाकुट गर्ने देखि सडकमा टायर बाल्ने सम्मको गतिविधिमा सक्रिय छन् विद्यार्थी संघ संगठन ।

नेपालमा यस्तो एउटा विद्यार्थी संगठन छ जुन कुनैपनि दलको भातृ संगठन होइन । प्राज्ञिक विद्यार्थी परिषद्ले निष्पक्ष रुपमा विद्यार्थीको हितमा कार्य गर्दै आएको छ ।
२०५२ सालमा स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशका कुनाकाप्चामा पुगेर विद्यार्थी माझबाट असल, कुशल, राष्ट्रप्रेमी, योग्य नागरिक निर्माण गरी समृद्ध र आदर्श राष्ट्र पुननिर्माणमा महत्वपूर्ण भूमिका निभाइरहेको छ ।

देशका कुना काप्चामा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि वितरण गर्दै आएको छ परिषद्ले । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर प्राज्ञिक विद्यार्थी परिषद्ले देशका १५ जिल्लाहरुका विद्यालय स्तरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको छ ।

प्राज्ञिकले तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रुपन्देही, बाग्लुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेल्धुरामा शैक्षिक सामाग्री वितरण गर्ने राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए ।

शक्षिक सामाग्रीमा ब्याग, कपी, कलम, रेपिडेक्स पुस्नकल, जमेक्ट्री बक्स, नेपाली वृहत् शब्दकोश, टोली लगायत सामाग्री छन् । ती सामाग्री २५ सय २५ विद्यार्थीलाई वितरण गर्ने जनाइएको छ ।

प्राज्ञिकका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकालले विगतमा पनि विपन्न आर्थिक अवस्थाका विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिए । उनले असल र कुशल व्यक्ति निर्माणमा प्राज्ञिकको निरन्तर भूमिका रहने बताए ।

कार्यक्रममा प्राज्ञिकका राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईंले कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया