३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड-ओली टकराव बढ्यो, एकले-अर्कालाई पछार्ने दाउ


0
Shares

काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टकराव बढेको छ । दुवै नेता एकले अर्कालाई राजनीतिक रुपमा पछार्ने दाउमा छन् ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर ओलीले राजीनामा मागेका छन् । तर, प्रचण्डले पानीको फोका भनेका छन् ।

ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई अप्ठ्यारोमा पार्ने कदमहरु चालेका थिए । उनले आक्रामक बन्दै प्रचण्ड जोडिएको लडाकुको शिविरको रकम हिनामिनासम्बन्धी विषयको छानबिन बढाउन लगाएका थिए । तर, सरकार ढलेबाट छानबिन अगाडि बढेन ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि ओलीलाई तारोमा पार्ने गरी छानविन अगाडि बढाए । भुटानी शरणार्थी प्रकरणमा एमाले छिरेका पूर्वमाओवादी नेता र तिनका सन्तान तारोमा परे ।

प्रचण्ड सरकारले ललिता निवास प्रकरणको फाइल पुनः खोल्यो । यो प्रकरण ओली सरकारको पालामा उठेको थियो । ओलीले जस लिएको यो प्रकरण जति बढ्नुपर्ने हो नबढेको विषय उठेको थियो । अहिले प्रचण्ड सरकारले यसको जस लिन खोजेको छ ।

यी सबै घटनाका पछाडि प्रचण्ड र ओलीबीच एकले अर्कालाई पछार्ने रणनीति अन्र्तनिहित देखिन्छ । यसमा कस्ले बाजी मार्ने हो ? चासोको विषय छ ।

प्रतिक्रिया