१२ मंसिर २०८१, बुधबार | November 27, 2024

रेशमले मन्त्री नबनाउने देखेपछि धमलापत्नीद्वारा पार्टी परित्याग


0
Shares

काठमाडौं, २१ जेठ । नाम होस् या बदनाम मत रेहना गुमनाम भन्ने मान्यतालाई शिरोधार्य गरेर सधै चर्चामा छाइरहन चाहने ऋषि धमला पत्नी एजिला धमलाले फेरि नयाँ कदम चालेकी छिन् । उनको यो कदम पनि चर्चामा आउनकै लागि हो ।

धमलापत्नी एलिजाले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई भेटेर राजनीतिमा नरहेको घोषणा गरेकी छिन् । उनले अब समाजसेवामा रहने भनेकी छिन् ।
एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर चर्चामा आएकी थिइन् । उनी उक्त पार्टीमा पस्दा रेशम चौधरी जेलमा नै थिइन् ।

रेशमलाई जेलबाट ननिकाले देशमा आगो बल्ने धम्की समेत दिइन् । रेशम जेलबाट निस्किएपछि कैलाली पुगेर चौधरी समुदायमा खाना खाएको दृश्य समेत सार्वजनिक गरिन् ।

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट बालुवाटारको बैठकमा समेत एजिला देखिएपछि विवाद भएको थियो । उनी सहायकमन्त्री भएपनि बन्न खोजेको तर रेशम चौधरीले नमानेको बुझिएको छ । ऋषि धमलाले चौधरी मानेमा आफूले प्रचण्डलाई मनाउने कुरा गरेका थिए ।

प्रतिक्रिया