२२ भाद्र २०८१, शनिबार | September 8, 2024

काँग्रेसका उद्धव थापा बन्लान् कोशीको मुख्यमन्त्री ?


0
Shares

काठमाडौं, १८ असार । सत्ता गठबन्धनको सहमतिको पूर्ण पालना भए कोशी प्रदेशमा नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ । सभामुखसहितको मत परेमा सत्ता गठबन्धनको बहुमत पुग्छ ।

९३ सदस्यीय प्रदेश सभामा सभामुखसहित गठबन्धनको ४७ मत हुन्छ । सभामुखले मतदान नगरे ४६ मत हुन्छ ।

आजै सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनको बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीमा सार्ने समझदारी बनेको जानकारी दिए ।

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आइतवार आव्हान भएको छ ।

कोशी प्रदेशमा कुनैपनि दलको एकल बहुमत छैन । नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एसको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन् ।

प्रतिक्रिया