८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

जब दुई जहाज आकाशमै जुधे (भिडियोसहित)


0
Shares

एजेन्सी, १७ असार । कोलम्बियामा दुईवटा जहाज आकाशमै जुधेका छन् । कोलम्बियाको सैन्य जहाज तालिमका क्रममा जुधेका हुन् ।

अपिया हवाई आधार क्षेत्रमा आइतवार घटना भएको हो । कोलम्बियाको एयर फोर्सले लेफ्टिनेन्ट कर्णेल पदका एकजना पाइलटको निधन भएको विज्ञप्तिमार्फत् जनाएको छ । अर्का एक व्यक्तिको पनि मृत्यु जनाइएको छ ।

सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा आकाशमै विमान जुधेर आगो लागेको देखिएको छ । आकाशमा धेरैवटा जहाज एकसाथ उडिरहेको देखिन्थ्यो ।

https://www.youtube.com/shorts/zmWFhqWQ7vE

 

 

प्रतिक्रिया