३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्डले फाले ‘ओलीसँग मिलेर नेकपा ब्युँताउने’ नयाँ रणनीतिक अस्त्र


0
Shares

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चतुर रणनीतिकार पनि हुन् । उनी एकपछि अर्को नयाँ कार्ड फ्याँक्छन् । प्रचण्डले आक्रामक रणनीति अपनाउँदै आएका छन् । उनी अहिले त्यही क्रममा छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्ड सरकार ढाल्न लागेको चाल पाएपछि नयाँ राजनीतकि अस्त्रहरु देखापर्न थालेका छन् । प्रचण्डले पनि नयाँ अस्त्र फालेका छन् ।

प्रचण्डले कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जाने उद्देश्य राखिएको बताएका छन् । उनले कम्युनिस्टबीचको एकताकै लागि अहिले समाजवादी मोर्चा गठन गरिएको बताए ।

आइतवार राजधानीमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतको जस्तै नेकपा कम्युनिस्ट पार्टीमा फर्कने उद्देश्य राखिएको खुलासा गरे । उनले भने, अहिले हामी मोर्चा बनाएर अघि बढेका छौं । फेरि पार्टी एकता गरेर नेकपा तिरै फर्कनुपर्छ ।

२०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरेर नेकपा गठन गरिएको थियो । नेकपाको अध्यक्षमा केपी शर्मा ओली र प्रचण्ड दुवै थिए । तर, २०७८ मा नेकपा विघटन भयो ।

अहिले नेकपा विघटनबाट एमाले र माओवादी केन्द्र बनेको छ । एमाले विभाजित भई माधव नेपाल नेतृत्वको नेकपा एस बनेको छ ।

प्रचण्डले नेकपामा फर्कने गरी काम अघि बढिरहेको समेत बताए । हालै समाजवादी मोर्चा गठन गरेका प्रचण्डको पछिल्लो भनाई अर्थपूर्ण छ ।

मंसिर ४ को चुनावमा प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एसले नेपाली काँग्रेससँग गठबन्धन गरेर चुनाव लडेको थियो । अहिले यी दलहरुको गठबन्धनको सरकार छ ।

सत्ता समिकरण फेरबदलका प्रयासहरु चलिरहेका छन् । यसबीच प्रचण्डले केपी ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर जाने विषय उठाएका छन् ।

प्रतिक्रिया