१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संघीयतामाथि पूर्वबाट धक्का, यसकारण मध्यावधि चुनावमा जान सक्छ कोशी


0
Shares

काठमाडौं, १४ असार । संघीयता भनिएपनि केन्द्रको दबदबा हुँदा प्रदेशहरु कार्यकर्ता व्यवस्थापनको ठाउँमै सिमित थियो । सरकार बनाउने र ढलाउने खेल प्रदेशहरुमा यसअघिको पाँच वर्षे कार्यकालमा भएकै थियो । मंसिर ४ को चुनावले चुनेर आएको नयाँ प्रदेशसभामा त झन् बढेको छ सरकार बनाउने र ढलाउने खेल ।

यसपटक रोचक खेल त कोशी प्रदेशमा चलिरहेको छ । यसै पनि ढिलो नामाकरण गरेको कोशी प्रदेशमा नामकै विरोध छ । विरोध प्रदर्शन चलिनै रहेको छ ।

कोशीमा हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत नपाउने निश्चित नै छ । तर, त्यसले उक्त प्रदेश मध्यावधिमा जाने अवस्था आउन सक्छ ।

संविधानसभाले नयाँ संविधान बनाएपछि कार्यान्वयनमा आएको प्रदेशहरुमा अहिलेसम्म मध्यावधि चुनाव हुन सकेको छैन । यसै पनि २०५१ सालयता देशमा मध्यावधि चुनाव नै भएन । अब भने कोशीमा त्यो अवस्था आउने देखिएको छ ।

कोशीमा ९३ सदस्यीय प्रदेशसभा छ । नेकपा एमालेको ४० र राप्रपाको ६ गरी ४६ सदस्य सत्तापक्षमा देखिन्छ ।

प्रतिपक्षी गठबन्धनको नेपाली काँग्रेसको २९, माओवादीको १३, नेकपा एसको ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ मत छ । नयाँ सरकार बनाउन ४७ मत भए पुग्छ । तर, जसपाकी सांसद तटस्थ बस्ने भएकी छिन् । यसले तरंग नै आएको छ ।

कोशी प्रदेशमा जसपाले कसैलाई समर्थन नगरे मध्यावधि हुनसक्छ । नयाँ सरकार बन्न पनि बहुमत आवश्यक छ । जसपा निर्णायक शक्ति हुँदा मजबुत शक्तिका रुपमा दर्ज भएको छ एक सिट भएपनि ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया