संसदमा बहुमतले बजेट पारित

काठमाडौं, १३ असार । इतिहासकै पहिलो पटक संसदमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान भएको छ ।
संसदमा बजेट पास गर्न मतदान हुँदा पक्षमा १४७ मत प्राप्त भएको हो । जुन प्रतिनिधि सभाको बहुमत हो ।
नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत परेको हो ।
बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।