३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एआइजी किरण बज्राचार्यलाई ललिता निवासको फाइल खोल्न लगाएर उपप्रधानमन्त्री श्रेष्ठ चीनतर्फ


83
Shares

काठमाडौं, १३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी की प्रमुख किरण बज्राचार्यलाई ललिता निवास प्रकरणको फाइल खोल्न लगाएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन लागेका छन् । उनी मंगलवार राति चीनतर्फ लागेका हुन् ।

श्रेष्ठले प्रधानमन्त्री प्रचण्डसँग परामर्श पछि ललिता निवास प्रकरणको फाइल खोल्न निर्देशन दिएका हुन् । लगत्तै सीआइबीले मंगलवार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनालाई पक्राउ गर्यो ।

शाह ललिता निवास प्रकरणमा घूसवापत् नै २३ रोपनी जग्गा प्राप्त गर्ने मध्येका हुन् । यो प्रकरणमा १ सय ४३ रोपनी ६ आना जग्गा हिनामिना भएकोमा अनुसन्धान बढेको थियो ।

फाइल खुल्ने र बन्द हुने गर्दै आएकोमा प्रचण्ड सरकारले फेरि फाइल खोल्न लगाएको छ । भुटानी शरणार्थी प्रकरण, पशुपतिनाथको जलहरी काण्डमा छानविन पछि प्रचण्ड सरकारले ललिता निवास प्रकरणमा चासो देखाएको हो ।

यो प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि जोडिएकाले फाइल खोल्नुलाई अर्थपूर्ण मानिएको छ । काँग्रेस नेता विजयकुमार गच्छेदारमाथि त मुद्दा नै दर्ता छ ।

प्रतिक्रिया