४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन् : प्रधानमन्त्री प्रचण्ड


0
Shares

काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्ष अगाडि जाने बताउनुभएको छ । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले उङ्कत कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’

१८ औं शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ रु नसोचि तिमी आफू आफ्नो उदेश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखी नसहने नकारात्मक प्रवृति भएकाहरूले विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उहाँले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया