२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बालेनविरुद्ध हजारौं फुटपाथ व्यवसायी सडकमा उत्रिँदै, नगरप्रहरीको प्रतिकारकालागि २०३ सदस्यीय युवा टिम तयार


0
Shares

काठमाडौं, १० असार । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्मपनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।

काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ । बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपतिवर्गको सेवा र सामान्तवादीहरुको पक्षपोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ । आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौताकार्यान्वयनमाल्याएर गरिखाने वातावरण निर्माण गरिदिनउनीहरुले माग गरेका छन् । आफूहरुमामाग सम्बोधननभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीड दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामीअसार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिकदलको कार्यालयमा प्रेश विज्ञप्तिसहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ/संस्थाहरुमाअन्तरक्रियाकार्यक्रम गरी भावीआन्दोलनकालागिमोर्चा तयार गर्ने घोषणासमेत गरेको छ ।

राष्ट्रिय स्वरोजगारव्यवसायी संघका सहसचिव राजु गिरीलेबालेन पर्दा पछाडिको हिरामात्रै बनेको र फुटपाथ व्यवसायीलाई दुःखदिनेर वर्षौंदेखि नागरिक बस्दै आएको घरहरु भत्काउने कामभन्दा केहीनगरको आरोप लगाए । बालेन आफू सर्वैसर्व हुँभनेर लागिरहेको उनको आरोप छ ।
‘हामीले पटक–पटक आन्दोलन र वार्तामार्फत धेरै चोटी कार्यक्रमगर्यौं । महानगरपालिकाले हामीलाई झुटा आस्वाशनमात्रै देखायो । बालेनजी मेयर जितेर आउनु भयो, म चाहिँ सर्वैसर्व हो भनेर उहाँपर्दा पछाडिको हिरो बन्दै हुनुहुन्छ,’– उनले भने ।

महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अबआफूहरु महानगरको दमनविरुद्धप्रतिकारमाउत्रिनेसमेत उनले घोषणा गरे । महानगरकाप्रहरीले उठाएर लगेको सामन के गरिन्छ भन्ने वास्तविकतापनिबाहिर आउनुपर्ने उनले बताए ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीयअध्यक्षलिलादाहाललेआफूहरु पनि नेपालीनागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए । आफूहरुको पेशाव्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्मकुनै नीति नै नबनाएको उनको गुनासो छ । फुटपाथव्यवसायीहरुले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्रबुझाउ र वार्ताकालागिजाँदाकुनै सुनुवाई नभएको उनले बताए । बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापनगर्ने विषयमा बेलैमानसोचेमाआफूहरु कडा प्रतिकारमाउत्रिने उनले उद्घोष गरे ।

‘तपाईँ अब यो समस्यालाई कसरी समाधानगर्नुहुन्छ ?त्यतातिर जानुुस् । यदिजानुभएनभने तपाईँका पछाडि अबगम्भीर चुनौतिहरु आउने छन् । हामीचुपलागेर बस्ने छैनौं । हिजो जसरी सुकुम्बासी उठाउन जानुभयो नित्योभन्दापनि कडा प्रतिकारमाहामीउत्रिने छौं ।’ उनले थपे,‘त्यो सुकुम्बासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँलाखौंलाखव्यवसायीहामीउत्रिनुपर्यो भने बालेनजीहिजो इन्डियाबाट आएकाहौ कि कताबाट आएकाहौ,उतै जानुपर्छ ।’

बालेनले फुटपाथ व्यवसायीलाई विकल्प दिन्छु भनेर आफ्नो घोषणापत्रमै उल्लेख गरेको उनले बताए । उनले आजती घोषणापत्रकहाँपुग्यो ?भनेर प्रश्न गरेका छन् । मेयर शाहले हेमराजतामाङ, इन्द्रबहादुर राईजस्ता ठूला मान्छेहरुको महलमाचाहीँ डोजर चलाउननसकेको उनको आरोप छ ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका ईन्चार्ज केशव आछामीले सरकारले उचितव्यवस्थापननगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए । २१ वर्षदेखि राष्ट्रिय स्वरोजगार व्यवसायी संघको झण्ड मुनी राखेर आफूहरुले आन्दोलनगर्दै राज्यसँगमाग राख्दाआफ्नामागहरुको सम्बोधननगरेको आरोप लगाए । विहान बेलुका २ घण्टा फुटपाथमा बसेर साग बेचेर बालबच्चा पाल्छौं र शिक्षा दिन्छौं भन्दापनि राज्यले विकल्पदिननसकेको भन्दै उनले दुखेसो पोखे । आफूहरुले महानगरसँग पटक–पटक वार्ता र छलफल गरेर समस्याको समाधानचाहेपनि यस विषयमा मेयर बालेन गम्भीर नबनेको उनको आरोप छ ।

‘हामीलाई सडक पेटीमा व्यवसाय गरेर विहानबेलुकागुजारा गर्ने व्यवसायीहरुलाई एउटा समय मिलाइदिनुस् । हाम्रो त्यत्ति अनुरोध हो तपाईँसँग, ठूलो अपेक्षा छैन । हामीलाई जागिर दिनुस् भनेको होइन, व्यवस्थापनगर्दिनुस् । हामीलाई सडकमै व्यवस्थापनगर्न दिनुस् भनेको पनिहोइन, व्यवसायगर्ने थलो देखाइदिनुस्,’– उनले काठमाडौं महानगरका मेयरसमक्षआग्रह गरे ।

एक हप्ताभित्र यस विषयमा सरकारले सरकार र काठमाडौं महानगर सकारात्मकभएर विकल्पनदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ । संघर्षको कार्यक्रममा उपस्थि त्हुनकालागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे । संघर्षमा बलिदान दिनका लागि पनि तयार हुनुपर्ने उनले बताए ।
राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारकालागि २ सय तीन सदस्यीययुवा टिम तयार भइसकेको बताए ।

‘हामीव्यवसायीको तर्फबाट युवाफोर्स तयार भइसकेको छ । संयोजक म आफैं छु । दुई सय तीनजनको टिम हामीले गठन गरेका छौं । स्वयमसेवकहरुले अबव्यवसायीहरुका बीचबाट महानगरले लगेको सामननिगरानीगर्ने र महानगरले धरपकड गरेकै ठाउँमा खोसिनेछ,’– उनले भने ।
उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले कामगर्ने र गरिखाने वातावरण सिर्जनागर्नपर्ने बताए । गरिखान देउ भनेर पनि लड्न पर्ने दिनआएको भन्दै उनले दुखेसो पोखे ।

आफूहरुले लुकेर, छिपेर, चोर जसरी व्यापार गर्नुपरेको उनको भनाई छ । आफूहरुको पेशाव्यवसायलाई व्यवस्थित गरेर कर उठाउने वातावरण निर्माण गर्नपनिउनले महानगरलाई आग्रह गरे । गरिब वर्गलाई पिल्साएर राज्य समृद्ध बन्ननसक्ने उनको भनाई छ । विदेशका ठूला–ठूला सहरहरुमापनि फुटपाथ व्यवसाय रहेको उल्लेख गर्दै उनले आफैं स्वरोजगार बनेको सानाव्यवसायीलाई गरिखाने वातावरण दिनआग्रह गरे ।

उपत्यका विशेष प्रदेशअन्तर्गत उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अमीर गुरुङले फुटपाथ व्यसायीआगोको झिल्को भएको बताए । उनले मेयर बालेनलाई आगोको झिल्कोसँग नखेल्नसमेत आग्रह गरे ।

प्रतिक्रिया