३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आदिपुरुषमाथि प्रतिबन्ध लगाउन माग


0
Shares

एजेन्सी, १० असार । स्टारर प्रभास अभिनित,ओम राउत निर्देशित फिल्म आदिपुरुष धार्मिक ग्रन्थ रामायणमा आधारित रहेको बताइएकै कारण विवादमा आएको छ । चलचित्र १६ जुनमा हलमा रिलिज भएको थियो । ’आदिपुरुष’ राम्रो नम्बरमा खुल्यो। तर फिल्म रिलिज भएदेखि नै विवादमा परेको छ । यही कारण चलचित्रको कुल कलेक्शन बढेपनि सुस्त गतिमा रहेको छ ।

प्रभास र कृति सेनन अभिनित ‘आदिपुरुष’ रिलिज भएको ९ दिन बितिसकेको छ । फिल्मको कुल घरेलु कलेक्शन २०० करोड नाघेको छ । चलचित्रले नवौं दिनमा कति कमाई ग¥यो त्यो हेर्नु चासोको विषय हो ।

फिल्मले पहिलो दिन ८६ करोड ७५ लाख, दोस्रो दिन ६५ करोड २५ लाख, तेस्रो दिन ६९ करोड १ लाख कलेक्सन गरेको थियो । चौथो दिन १६ करोड, पाँचौं दिन १० करोड ७ लाख, छैटौं दिन ७ करोड २५ लाख, सातौं दिन ४ करोड ८५ लाख, आठौं दिन ३ करोड ४० लाख ।

क्बअल्ष्पि को रिपोर्ट अनुसार, फिल्मले ९औं दिन ६ करोड २६ लाख कमाएको छ । फिल्मले ९ दिनमा २६८ करोड ५५ लाख कमाएको छ ।
चलचित्र ‘आदपुरुष’ को संवाद मनोज मुन्तासिरले लेखेका हुन् । फिल्मको एउटा दृश्यमा भगवान हनुमानका संवादहरू छन्,‘आग तेरे बाप की, तेल तेरे बाप का, लंका तेरे बाप की, जलेगी भी तेरे बाप की ।’ यो संवादलाई लिएर निकै विवाद भएको थियो । फिल्ममा यस्ता संवादलाई गलत प्रस्तुत गरिएको छ, जसपछि धेरै फ्यानले फिल्ममाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बढ्दो विरोधलाई ध्यानमा राख्दै विवादास्पद संवाद परिवर्तन गरिएको छ । तर पनि यो चलचित्र खास गतिमा अघि बढेको देखिदैन् ।
‘आदिपुरुष’ फिल्ममा सबैलाई संवादको समस्या छ । रामानन्द सागरको ‘रामायण’मा सीताको भूमिका निभाएकी दीपिका चिखलिया, रामको भूमिका निभाएका अरुण गोभिल र लक्ष्मणको भूमिका निभाएका सुनिल लाहिरीले ओम राउतको ‘आदिपुरुष’मा आपत्ति जनाएका छन् । उनी बाहेक ‘शक्तिमान’ फेम मुकेश खन्नाले पनि ‘आदिपुरुष’को निन्दा गरेका छन् । फिल्मलाई लिएर सामाजिक सञ्जालमा निर्मातालाई निकै ट्रोल गरिएको थियो ।

प्रतिक्रिया