१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दाईजोको कारण छोरीको हत्या गरिएको भन्दै माइती पक्ष न्याय खोज्दै काठमाडौंमा


0
Shares

काठमाडौं, ८ असार । दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–८ थापाचोककी२२ वर्षीया आरती साहको हत्या भएको परिवारको आरोप छ । उनको श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आरतीको हत्या भएको माईतीपक्षको आरोप छ । वि.सं. २०७८ असार ३० गते नगराईन नगरपालिका वडा नं.–८ कीआरतीको जनकपुर उपमहानगरका मोतिबाबु साहसँग विवाह भएको थियो ।

विवाहभएको समयदेखि नै दाईजो कमल्याएको भन्दै आरतीलाई परिवारले मानसिकर शारीरिक यातनादिँदै आएको मृत्तक आरतीकामाईतीहरुले बताए ।

आरतीको हत्यामाश्रीमानमोतिबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणुदेवी साह र देवर रवि साहको संलग्नता रहेको माईतीपक्षको आरोप छ । हत्यागत जेठ ६ गते नै भएपनि जेठ ७गते बेलुकामात्रै आफूहरुलाई जानकारी गराएको आरतीकामामा सन्तोषकुमार साहले बताए । घटनापछि वास्तविकतालुकाएर पीडकलाई बचाउनप्रहरी प्रशासनदेखि अस्पतालसम्म लागिपरेको सन्तोषको आरोप छ ।

‘यो घटना जेठको ६ गते नै घटेको हो । हामीलाई जानकारी जेठ ७गते बेलुका ६ बजेर २० मिनेटमा भएको हो,’– मृतकआरतीकामामा सन्तोषले भने । आरती साहको मृत्यु पोष्टमार्टम भन्दा २४ देखि ३६ घण्टा पहिले भएको उनले दाबी गरे । आरतीको हत्या गरेर दिनभरि आफ्नै घरमा राखेर बेलुका मरेको शरीर अस्पताल पुर्याइएको उनको आरोप छ ।

घट्नापछि प्रहरीले बयानमा पीडित पक्षले बोलेको कुरा नलेखेर पीडकलाई बचाउने नियतले आफूखुसी लेखेको मृत्तक आरतीकामामा सरोजको आरोप छ । डाक्टरले मृतकको बहिनीलाई सूरुमाडेथ भईसकेपछि मात्रै अस्पताल आईपुगको जानकारी गराएको आरतीकामामा सन्तोषको दाबी छ । आरतीको हत्या गरेर दिनभरि घरमा राखेर सबै योजनाबनाएर बेलुका अस्पताल पुर्याएको उनको आरोप छ ।

उक्त घट्नामाजिल्लाप्रहरी कार्यालय धनुषाले जाहेरीसमेत लिननमानेको उनको भनाई छ । डिएसपी देवप्रकाशगौतम, एसपीविश्वराज खड्कालगायतले सुरूमाजाहेरी लिननमानेको र केही समयपछि तीनजना केटी पक्ष र तीनजना केटा पक्षका मान्छे बोलाएर कर्तव्य ज्यानको कसुरमाजाहेरी लिननमिल्ने भनेको उनले सुनाए । व्यापक जनदवाबपछि प्रहरीले जाहेरी लिएको र अहिले मृत्तक आरतीकाश्रीमानमोतिबाबु र ससुरा मदनमोहनपुर्पक्षकालागिथुनामा रहेको उनले जानकारी गराए ।प्रहरीले चारै जनाको नाममाजाहेरी लिननमानेपछिआफूहरुले हुलाकमार्फत चारै जनाको जाहेरी दर्ता गराएको उनले बताए ।

मृत्तक आरतीका देवर र सासु पनिउक्त घट्नामा संलग्न रहेको माईतीपक्षको दाबी छ । उनीहरुले मृत्तक आरतीकी सासु र देवरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धानहुनुपर्ने माग गरेका छन् । घट्नामा संलग्नआरतीकाश्रीमानमोतिबाबु, ससुरा मदनमोहन, सासु रेणुदेवी र देवर रविलाई कानुनबमोजिमहदैसम्मको कारबाहीहुनुपर्ने मागसहितमृतकआरतीकामाईतीपक्षविगत ८ दिनदेखि काठमाडौंको माईतीघरमाआन्दोलनरत छन् । उनीहरुले जाहेरी लिननमान्ने डिएसपी गौतम, एसपी खड्कालाई निलम्बन गरी कारबाहीगरिनुपर्ने, फर्जी पोष्टमार्टम रिपोर्ट बनाएर अपराधीलाई उन्मुक्तिदिनखोज्ने कर्माचारी, काव्याहस्पिटल जनकपुरलाई कारबाहीगरिनुपर्ने र मृत्तककामाईतीपक्षलाई उचितक्षतिपूर्तिको व्यवस्थागरिनुपर्ने मागसहितमधेशीआयोग, महिलाआयोग, मानवअधिकार आयोग र मेडिकल काउन्सिलमाउजुरी दिएका छन् ।

पीडित पक्षको बयानमाप्रहरीलेआफूखुसी लेखेपछि हस्ताक्षरगर्न नमान्दाप्रहरीले आफूसहितपाँचजना पीडितपक्षकामानिसलाई निर्घात कुटपिट गरेको उनको आरोप छ । आफूहरुबयानमा हस्ताक्षर नगरेकै कारण ७ घण्टा प्रहरी हिरासतमा बस्नुपरेको मृत्तक आरतीकामामा सन्तोषले गुनासो गरे । प्रहरीले पीडित पक्षलाई नै धम्क्याउने र यातनादिने काम गरेको उनको आरोप छ ।

आफूलाई विरामीभनेर जानकारी आएको १० मिनेटमा कान्छी छोरीलाई काव्या अस्पताल पठाउँदा सुरूमात्यहाँका डाक्टरहरुले मृत्यु भएपछि नै अस्पताल ल्याएको जानकारी गराएको मृत्तक आरतीकाबाबुले बताए ।

मृत्तक आरतीकीबहिनीमनिषा साहले आफ्नीदिदीलाई सासु, ससुरा, देवर र श्रीमानमिलेर हत्या गरेको आरोप लगाईन् । केटा पक्षले पटक–पटक दाईजो नल्याएको भनेर यातना र मानसिकदवाबदिइरहेको कुरा आफ्नीदिदीआरतीले आफूसँग सुनाएको मनिषाले सुनाईन् । आफू कहिलेकाहीँदिदीआरतीको घरमाजाँदाखेरी देवर रविले गलतनजरले हेर्न गरेको र आफू दिदीलाई नराम्रो होलाभनेर चुपलागेर बसेको सुनाईन् ।

त्तक आरतीकादाजु प्रेम साह, उनकीआमानिर्मलादेवी साहलगायतले आरतीको हत्यामा संलग्न रहेका सबैजना र जाहेरी लिननमान्ने र उल्टै पीडितलाई यातनादिने प्रहरीमाथिनिश्पक्ष छानविन गरी कारबाहीको माग गरेका छन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया