१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री


0
Shares

काठमाडौं, ८ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिदैछन् । ।

संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार प्रचण्डले आज प्रश्नको उत्तर दिने भएका हुन् ।

संसद सचिवालयको अनुसार प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, यसअघि प्रदेशको नाम उल्लेख नगरेका कारण रोकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकमाथिको पनि आज नै छलफल बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया