२३ भाद्र २०८१, आइतबार | September 8, 2024

गोरखाको चिलिङकोटमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु


0
Shares

काठमाडौं, ८ असार । बिहेको टिकोटालो गरेर फर्कदै गरेको गाडी गोरखाको चिलिङकोटमा दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका ५ स्थित चिलिङकोटमा बिहेको टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको गोरखा प्रहरीले जनाएको छ । बेहुलीको घर नजिकै गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका १२ जनाको आबुखैरेनी अस्पताल उपचार भइरहेको छ । गाडीमा करिब २० जना सवार थिए । राति १ बजे गाडी दुर्घटनामा परेको र खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हो । मृतकको पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया