३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज सबै प्रदेशमा भारी वर्षा हुने, बाढी पहिरोबाट सतर्क रहन आग्रह


0
Shares

काठमाडौं, असार ८ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

नेपालको पूर्वी र मध्य भागमा मनसुन प्रणालीको प्रभाव रहेको छ । उत्तर प्रदेश वरपरको बाँकी भूभाग तल्लो चाप प्रणालीबाट प्रभावित छ। हाल देशभर आंशिक सामान्य रहेको छ भने देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, मधेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम र लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा र मेघगर्जन, बाढी, पहिरो, डुबान, माटोको क्षय र गगरानको बहावबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागका अनुसार सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुने सम्भावना छ ।

प्रतिक्रिया