१२ श्रावण २०८१, शनिबार | July 27, 2024

निर्णायक मोडमा पुग्यो खोजी, केही घण्टालाई मात्र पुग्ने अक्सिजन बाँकी


0
Shares

एजेन्सी, ७ असार । अबको केही घण्टाभित्र प्रशान्त महासागरमा हराएको टाइटान पनडुब्बी नभेटिए त्यसमा रहेका पाँच यात्री जिवित भेटिने सम्भावना लगभग समाप्त हुन सक्छ । अब केही घण्टालाई मात्र अक्सिजन बाँकी भएको विज्ञको भनाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

पनडुब्बीको खोजीलाई तिव्रता दिइएको छ । तर, विशाल मैदानमा सियो खोजे जस्तै भएको छ विशाल प्रशान्त महासागरमा हराएको पनडुब्बी ।

पनडुब्बी खोज्दा समुन्द्रभित्र आवाजहरु सुनिएको खबर आएका छन् । त्यसले खोजीमा लागेकाहरुमा आशा जगाएको छ । बेला बेलामा आवाज सुनिएपनि कहाँ पनडुब्बी छ यकिन छैन ।

ओसनगेट नामको कम्पनीले पनडुब्बी सञ्चालन गरेको हो । जसले टाइटानिक जहाजको भग्नावशेष देखाउन लाने गरेको छ ।

पनडुब्बीमा घुम्न प्रत्येक सिटलाई साँढे २ लाख डलर अर्थात् ३ करोड नेपाली रुपैयाँ बराबर तिर्नुपर्छ । विश्वका अर्बपतिहरु नै पनडुब्बीमा घुम्न जाने गरेका छन् ।

हराएको पनडुब्बीमा बेलायतका अर्बपति व्यवसायी हमिश हार्डिङ, पाकिस्तानका व्यवसायी सहजादा दाउद र उनका किशोर छोरा सुलेमान दाउद, फ्रान्सेली यात्री पाउल हेनरी नर्गिओलेटका अलावा ओसनगेटका सीइओ स्टकटन रस छन् ।

ओसन गेटको टाइटान पनडुब्बी ४ हजार मिटर पानीभित्र जान सक्छ । यो विश्वको एकमात्र त्यस्तो पनडुब्बी हो जसमा पाँच यात्री समुन्द्रभित्रको यात्राबाट मज्जा लिन सक्छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया